Headlines News :
>
Home » » एमालेको मतगणना आज अपरान्हबाट थालिने

एमालेको मतगणना आज अपरान्हबाट थालिने

Written By Unknown on Saturday, 12 July 2014 | 22:26

काठमाडौं, आषाढ २९ ।  नेकपा एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको केहिबेरपछि मतगणना थालिने भएको छ । मतगणना त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।
नयाँ नेतृत्व चयनका लागि अस्ती भएको मतदान हिजो विहान ३ बजे मात्र सकिएको थियो । मतगणनामा खटिने कानून व्यवसायी सर्वोच्च वार एशोसिएसनको निर्वाचनमा सहभागी हुनु परेको, राती अबेर मतदान सकिएकालेनिर्वाचन आयोगका सदस्य र कर्मचारी अनिँंदो रहेको भन्दै आजबाट मात्र मतगणना गर्न लागिएको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।
एमालेका २ हजार १ सय ७६ प्रतिनिधि मध्ये २ हजार १ सय ५४ प्रतिनिधिले मतदान गरेका छन् । नेतृत्वका लागि बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली प्यानल नै बनाएर मैदानमा उत्रिएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar