‘पाले पुण्य मारे पाप’ भन्दै हिन्दू संस्कारअनुसार अग्नीलाई साक्षी राखेर सात फेरा लगाएर आफ्नी जवान छोरी बाबुआमाले ज्वाइँलाई जिम्मा लगाइएकी एक चेलीको दारुणिक कथा ।कथा व्यक्तिगत भनौं भने घरको चौघेराभित्र मात्र सीमित छैन । न त नेपालको सीमारेखामा नै सीमित छ । सार्वजनिक भनौं भने पूर्णरुपमा अमेरिकी प्रवासी नेपाली समाजको दृष्टि परेको छैन । देशदेखि परदेशसम्म हिन्दू नारीहरुको महान् चाड तीजले हरेक नेपाली नारीलाई ढपक्क छोपिरहँदा तिनै मध्येकी एक नारी प्रवासी भूमिमा अलपत्र अवस्थामा छिन् ।
व्यस्त न्यूयोर्क शहरको कुइन्सस्थित विभिन्न पार्कहरुमा कुर्सीमा दिनभरि असरल्ल सुतिरहेकी हुन्छिन् उनी । कतिपय बिरानाहरुले दुव्र्यवहार गर्न आउँछन् भने कतिपयले कठै भनेर एक आना दुआनाका सिक्काहरु हु¥याइदिन्छन् । ३०÷३१ को जवानी एकातिर छ भने अर्कोतर्फ मानसिक असन्तुलनको रोगले दिनदिनै आक्रान्त पार्दैछ उनलाई । कठै भन्दै सम्झाएर न ओखती खुवाउने कोही छन् ? न माया–ममता दिने आफन्त नै कोही छन् ?
अछाम जन्मघर भएकी उनी धनगढीको एउटा परिवारमा बुहारीको रुपमा हाँसीखुसी भित्रिएकी थिइन् । ७ वर्षअगाडि सर्वस्व ठानेकी आफ्नै श्रीमान्को इँजारको फेर समातेर अमेरिकाको केन्टुकी राज्य आइपुगेकी उनलाई मानसिक रोगले च्याप्दै गएपछि ३ वर्षअगाडि नै उनको आशा, भरोसा र विश्वासका केन्द्रबिन्दु श्रीमान्ले उनलाई पारपाचुके गरेर सौता भित्र्याइसकेका छन् ।
जसको साथ लागेर परदेश आइन्, आज उनीसँग ऊ छैनन् । मानसिक रोगी उनी आफू केही सोचविचार पु¥याएर गर्न सक्दिनन् । न कसैले काम दिन्छ, न गर्न नै सक्छिन् उनी । भोक लागिहाल्छ । खानु त प¥यो नि ? घामपानी, हावाहुरी उनको लागि सबै समान छ । न उनीसँग आधिपत्य जमाउन सक्ने निशुल्क मुन्टो लुकाउने बास छ, न निशुल्क गाँस छ न त निशुल्क वस्त्र नै । झण्डै एक वर्षअगाडि न्यूयोर्क आइपुगेकी उनलाई कहिले पारु दिदीको सहयोग त कहिले इभान इम्प्लोइमेन्टकी कृष्णा बहिनीको सहयोग मिलिरहेको छ । कयौं पटक कृष्णा बहिनीले काम खोजेर काम गर्न पठाइन् तर बिरामीलाई कसले राख्छ र ?
गत हप्ता कृष्णा बहिनी र पारु दिदीको साथ लागेर केही सहयोग पु¥याउन सकिन्छ कि भनेर उनले उडसाइडमा अस्थायी रुपमा पाइरहेको आश्रयस्थलमा पुग्दा पत्रकार भनेर कसैले चिनाइदिनासाथ एउटा कविता पत्रिकामा छपाइदिन अनुरोध गर्दै मलाई दिइन् र भनिन्– दाइ म मानसिक रोगी हुँ । मलाई श्रीमान्ले छाडेको ३ वर्ष भयो । म मानसिक रोगी भएकोले श्रीमान्ले छाड्नुभयो । अहिले अर्कै श्रीमती ल्याउनुभएको छ । प्लिज दाइ यो कविता पत्रिकामा छापिदिनुस् न ।’



0 comments:
Speak up your mind
Tell us what you're thinking... !