Headlines News :
>
Home » » खोपपीडित बालबालिकाको स्वास्थ्य परीक्षण

खोपपीडित बालबालिकाको स्वास्थ्य परीक्षण

Written By Unknown on Thursday, 10 July 2014 | 17:10

पाँचथर–गर्भनिरोधक खोप डिपो प्रोभेरा लगाइएका बालबालिकाको स्वास्थ्यस्थिति बुझ्न स्वास्थ्य मन्त्रालयको टोली जिल्ला आइपुगेको छ। स्वास्थ्य विभागका प्राविधिक सल्लाहकार डा. राजेन्द्रकुमार गुरुङ नेतृत्वको टोलीले मंगलबार पीडितको घरमै पुगेर स्वास्थ्य परीक्षणसँगै घटनाबारे जानकारी लिएको छ। बालबालिकाको अवस्था सामान्य देखिएको परिवार नियोजन शाखाका हेल्थ असिस्टेन्ट विष्णु बास्कोटाले जानकारी दिए। ‘यद्यपि सातमहिने शिशुको खोप लगाएको ठाउँमा गिर्खा देखिएको छ,' उनले भने। टोलीले प्रभावित परिवारलाई निरन्तर स्वास्थ्यकर्मीको सम्पर्कमा रहन सुझाएको छ। केही दिनअघि कृष्ण बर्देवा नामका व्यक्तिले आफूलाई सरकारी डाक्टर बताउँदै फिदिम नपा–४ का सातमहिने शिशुसहित चार बालबालिका र एक अधबैंसेलाई गर्भनिरोधक खोप लगाइदिएका थिए। उनलाई प्रहरीले पक्राउ गरिकेको छ। उनले ती खोप चोकमागु स्वास्थ्यचौकीका भेक्सिनेटर खिमनाथ तिमल्सिनाको लापरबाहीका कारण फेला पारेको पाइएको छ। तिम्सिनालाई स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने टोलीले जानकारी दियो। यसअघि विश्वमा बालबालिकालाई गर्भनिरोधक खोप लगाइएका घटना कतै नभएकाले यसको असरबारे थाहा हुन नसकेको टोलीका चिकित्सकले बताएका छन्। विभाग सल्लाहकार गुरुङले भने, ‘घटना बाहिरिएपछि यसको असरबारे निकै खोजीनिती गर्‍यौं । तर, कसैलाई पनि थाहा छैन , विश्वमै नयाँ घटना भएकाले पर्ख र हेरको अवस्था छ।'
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar