Headlines News :
>
Home » » प्रसूति शल्यक्रिया पुनः सुरु

प्रसूति शल्यक्रिया पुनः सुरु

Written By Unknown on Thursday, 10 July 2014 | 17:11



जिल्ला अस्पताल रुकुममा बन्द भएको प्रसूति शल्यक्रिया सेवा आठ महिनापछि पुनः सुरु भएको छ। गत वर्ष जेठमा थालनी गरिएको जटिल प्रकारको प्रसूतिसेवा मंसिर महिनामै बन्द भएको थियो।
आवश्यक सेवासुविधा पुर्‍याउन नसकेपछि चिकित्सक अभावले सेवा रोक्नुपरेको अस्पतालले जनाएको थियो। पहिलाको चिकित्सकलाई जिल्लाकै आयस्रोतबाट सेवासुविधा दिने प्रयास गरिएको थियो तर अहिले सरकारले नै आवश्यक सेवासुविधा दिने भएपछि प्रसूतिसेवा चलाउन सहज भएको हो,' जिल्ला अस्पताल रुकुमका प्रमुख डा. भोजराज गौतमले भने। उनका अनुसार अब डा. मानबहादुर केसीको टोलीले जिल्लाबासीलाई सुरक्षित प्रसूतिसेवा दिनेछ।
जिल्लामै शल्यक्रियासहितको प्रसूतिसेवा दिइन थालेपछि विपन्न परिवारले राहत महसुस गरेका छन्। यसअघि गर्भमा बच्चा उल्टो बसेका, रक्तअल्पता भएका र शल्यक्रिया गर्नुपर्ने अवस्थाकालाई नेपालगन्ज रेफर गर्ने गरेको थियो। दोहोर्‍याएर सेवा सुरु भएपछि यस हप्ता मात्रै शल्यक्रिया गर्नुपर्ने अवस्थाका ६ गर्भवतीलाई सुरक्षित सुत्केरी गराइएको डा. गौतमले जानकारी दिए, ‘अब पहिलेजस्तो रेफर गर्नुपर्दैन। सेवा निःशुल्क भएकाले विपन्न परिवारको पैसा पनि जोगिन्छ।'


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar