Headlines News :
>
Home » , , » साउन र सेलिब्रेटी :जिन्स पाइन्टमा हरिया चुरा

साउन र सेलिब्रेटी :जिन्स पाइन्टमा हरिया चुरा

Written By Unknown on Saturday, 19 July 2014 | 23:25

celebrity
काठमाडौ, श्रावण ४ -

व्रतमा स्वार्थ छैन
निशा अधिकारी
साउन वर्षा र हिलोको मौसम भए पनि मलाई मन पर्छ । जताततै हरियाली देख्न पाइने हुँदा मन चंगा हुन्छ । अहिले यो महिना व्रत बस्ने, मेहेन्दी र हरिया चुरा लगाउने पर्व पनि बनेको छ । यसपालि त चारवटा सोमबार परेका रहेछन् । अरू बेला व्रत बसेकी छैन । यसपटक चाहिँ चारवटै साउने सोमबारमा बस्ने योजना बनाएकी छु । शिवजीको व्रत बसेर वर पाउँला भन्ने आशले चाहिँ हैन है । हेल्थ राम्रो हुन्छ कि भनेर ।
केही पाउनका लागि भगवान् पुकार्नु त सेल्फिस हुनु हो जस्तो लाग्छ । मासु मनपर्ने परिकार भए पनि साउन महिनाभरि नखाने भएकी छु । फलफूल, जुसजस्ता शुद्ध परिकार खाएर व्रत बस्ने योजना छ । खाली पेट व्रत बस्नाले उल्टै स्वास्थ्यलाई हानि गर्छ । त्यसैले अरू व्रतालुले पनि सकेसम्म भोकै व्रत नबस्ने सल्लाह दिन्छु ।

अनुभूतिका लागि मात्रै
गरिमा पन्त
साउने व्रत अहिलेसम्म बसेकी छैन । यसपालि ट्राई मारौं कि भन्ने लागेको छ । सबै बसेको देखेर कस्तो हुँदो रहेछ भन्ने अनुभूति बटुल्ने रहर छ । भोकै भने बस्न सक्दिनँ । माछा-मासुबिना अरू शुद्ध खानपान लिन्छु । पोहोर मेहेन्दी लगाएकी थिएँ । यसपालि लगाइनँ । मेहेन्दी लगाउँदा र हेर्दा जति राम्रो देखिन्छ, त्यति नै त्यसका अवगुण पनि रहेछन् । सेन्सेटिभ स्किनका लागि साह्रै हानि गर्दो रहेछ । लगाउँदा राम्रो, पछि खुइलिएपछि साह्रै फोहोर देखिने । साउन १ गते चाहिँ हरिया चुरा लगाएकी थिएँ । अनेक कार्यक्रममा जानुपर्ने हुन्छ, ड्रेसअपमा म्याच नगरेपछि चुरा फुकाल्छु । घरमा फुर्सदको बेला चाहिँ लगाएर रहर मेट्छु ।

हल्केलामा नाम लेखेकी छु
नन्दिता केसी
साउनमा मेहेन्दी लगाउन अति नै मनपर्छ । तर, यसपटक भने फिल्मको सुटिङ चलेकोले मज्जाले मेहेन्दी लगाउने रहर पूरा भएको छैन । तैपनि 'खाने मुखलाई जुंगाले छेक्दैन' भने जस्तै हत्केलामा मेहेन्दीबाट सानो अक्षरमा आफ्नो नाम लेखेकी छु । हरियो चुरा मेरो बेस्ट हो । केही काम गर्दा छिनछिन चुरा बजेको सुन्न अति मनपर्छ । साउन १ गतेदेखि नै लगाउन थालेकी हुँ, सुटिङ हुँदा खोल्छु । हरिया चुरा, मेहेन्दी र व्रतमै तीज पर्वको पनि विशेषता झल्किएको छ ।
व्रत बस्नु नराम्रो होइन, तर स्वास्थ्यलाई हानि नै गर्ने गरी बस्नुचाहिँ मूर्खता हो । हल्का फलफूल खाएर बस्नु लाभदायक हुन्छ । मान्छे खुसी भएपछि भगवान् त्यसै पनि खुसी हुन्छन् नि हैन र ? हरेक वर्ष साउने सोमबार व्रत बस्थें । यसपालि जुठो परेकोले नहुने भो ।

जिन्स पाइन्टमा हरिया चुरा
अशिष्मा नकर्मी
नेवारी संस्कृतिमा खासै तीज मनाइँदैन । तर मलाई साउन महिना र तीज रमाइलो लाग्छ । पर्वभन्दा पनि साउन महिना फेसनेबल लाग्छ । सायद कल्चरल डाइभरसिटीले होला । प्रत्येक वर्ष साउने सोमबार व्रत बस्दै आएकी छु । यसपालि नि बस्छु । हरियो चुरा र मेहेन्दीलाई फेसनको रूपमा ग्रहण गर्छु । जिन्सको पाइन्टमा हरिया चुरा लगाएर हिँड्दा खुब मज्जा लाग्छ । साउन लागेदेखि हातमा २/२ दर्जन हरिया र पहेंला चुरा बजाउँदै हिँडेकी छु । हरियो र पहेँलो रंगमा दुइटा ड्रेस नै डिजाइन गर्न दिएकी छु । सुटिङले गर्दा मेहेन्दी लगाउन पाएकी थिइनँ । अब लगाउने सोचमा छु ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar