Headlines News :
>
Home » , » ब्याड ब्वाईको किस

ब्याड ब्वाईको किस

Written By Unknown on Saturday, 19 July 2014 | 23:14



salman
काठमाडौ, श्रावण ४ - सलमान खानलाई बलिउडमा ब्याड ब्वाईले पनि चिनिन्छ । उनी प्रेम त गर्छन् तर आफ्नै प्रेमिकालाई पनि कुटपिट र तनाव दिएर रिलेसनमा टिक्न नसक्ने हबिगतमा पुर्‍याउँछन् । फेरि यही कारणले सल्लुका लागि दिल दिने युवतीको कमी भएको पनि छैन । त्यसैले त उनी फिल्ममा पनि नायिकालाई खासै बाल दिँदैनन् । नृत्यदेखि ग्ल्यामर पस्कने र एक्सन मसला सबैमा सल्लु नै हाबी भएपछि नायिकाहरू छायामा पर्छन् ।
तर यतिबेला फिल्म 'किक' बाट नायिका ज्याकलिन फर्नान्डिज भने एक कारणले चर्चामा आउने भएकी छन् । आजसम्म अनस्त्रिmनमा को-स्टारसँग चुम्बन साटासाट नगरेका सल्लुले रिलिजको क्रममा रहेको यस फिल्मबाट भने आफ्नै रेकर्ड तोडेका छन् । उनले नायिका फर्नान्डिजसँग लिपलक किस नै गरेपछि चर्चा चुलिँदै जान थालेको हो । उनीहरूले फिल्मको गीत 'जुम्मेकी रात' मा पनि गीतमार्फत किसकै कुरा गरिरहेको देख्न पाइनेछ । यो गीतमा सल्लुले
पनि खुब रमाइलो गरेको बताइएको छ ।
कटि्रना कैफसँगको लभ रिलेसन टुंगिएपछि विभिन्न युवतीसँग नाम जोडिँदै आएका सल्लुले केही समयअघि ज्याकलिनका लागि फ्ल्याट खरिद गरिदिएको हल्ला पनि बाहिरिएको थियो । 'किक' मा उनीहरू दुईबाहेक नवाजुद्दिन सिद्दिकी र रणदीप हुड्डा पनि रहेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar