Headlines News :
>
Home » » गडबड छ सबैतिर

गडबड छ सबैतिर

Written By Unknown on Saturday, 12 July 2014 | 02:54

 0  0 Google +0  1  0
(1 Vote)
गडबड छ सबैतिर
'जोसुकैले थाहा पाओस्बालै भएन नि! दिस इज माई लाइफ।यस्ता वाक्यहरू बाररेस्टुरेन्टचियापसलकलेजजताततै सुन्न पाइन्छन् हिजोआज। अलिकति पाका मानिसहरू भन्छन्, 'के भएको हो नया“ जमानाको पुस्तालाईपहिले छोराहरू बौलाएर हिँड्थेअहिले छोरीहरू पनि बौलाउन थालेका छन्। गडबड छ सबैतिर।नया“ नेपाली पुस्ताका युवतीहरू दुर्व्यसनमा फसेका छन्। कतिका लागि जीवनमा कुनै 'च्वाइसबचेको छैन भने कतिका लागि नशाविना जीवनको सार नै बाकी रहदैन। यसपटक सजना बराल यसैमा केन्द्रित छिन्। उनले नयाँ पुस्ता फसेको भुमरीको नालीबेली उतारेकी छिन्। 


टिनएजर छोराहरूको खल्ती छाम्ने अभिभावकले अब छोरीमाथि पनि निगरानी गर्ने बेला भएको छ। लागुपदार्थ दुर्व्यसनमा फस्ने युवतीको संख्या भुसको आगोझैँ भित्रभित्रै सल्किँदै गएको छ। बाबुआमाको पिठ्यूँपछाडि चुरोट पिउनेपानपरागगुट्खाखैनीसुर्तीहुक्कागाँजाचरेसब्राउन/ह्वाइट सुगरहेरोइनजाँडरक्सीमर्फिनप्रोक्सिबोननाइट्रोसनफेन्सिडाइल आदि लागुऔषध सेवन गर्ने युवतीका संख्या अपत्यारिलो ढंगले बढिरहेको छ। छोराको मामिलामा अभिभावक बढी चनाखो हुने तर छोरीमाथि खासै शंका नगर्ने भएकाले यो समस्या भूमिगत अवस्थामै व्यापक बनेको छ। 

काठमाडौँनेपालटारकी १९ वर्षीया मोनिकाको मुख कहिल्यै खाली हुँदैन। उनी जतिखेर पनि परागको स्वाद लिइरहेकी हुन्छिन्। पढाइको सिलसिलामा पाँच वर्षअघि भारत पुगेकी उनले त्यही बेलादेखि पराग खान सिकेकी हुन्। साथीभाइले मुख मिठ्याउँदै चुसेको देखेपछि उनलाई पनि खाऊँखाऊँ लागेको थियो। 'पहिलोचोटि खाँदा घाँटी टट्याएर झन्डै मरिनँ,' उनी अनुभव सुनाउँछिन्, 'त्यसपछि अलि लाइट खालका पराग– स्विटीपिंकीमधु आदि खान थालेँ। बिस्तारै कडा चुनासहितको पराग पनि खान सक्ने भएँ। अहिले त यो नखाए छटपटी भएर बौलाउँछु।'

ललितपुरस्थित मानसिक अस्पतालका मनोचिकित्सक डा. रवि शाक्यका अनुसार मानिसको चेतना (कन्ससनेस) को स्तर घटाउने वा गडबड गराउने तत्वहरूलाई ड्रग्स अर्थात् लागुपदार्थ भनिन्छ। त्यस्ता पदार्थले दिमागमा रासायनिक परिवर्तन ल्याउँछन्। यसका कारण प्रयोगकर्तालाई झुम्म हुनेभोकप्यास नलाग्ने र भ्रम पैदा हुने हुन्छ। ड्रग्सलाई दुई भागमा विभाजित गरिएको छ– कानुनी र गैरकानुनी लागुपदार्थ। चियाकफीसुपारीपानपरागखैनीसुर्तीगुट्खामधुचुरोटजाँड र रक्सीलाई नेपालमा कानुनी लागुपदार्थअन्तर्गत राखिएको छ। तिनको प्रयोग गर्न कुनै रोकतोक वा बन्देज छैन। जसले जुनसुकै बेला यी पदार्थहरू खुलेआम बेचबिखन र सेवन गर्न पाउँछन्। सस्तो र सर्वसुलभ रूपमै पाइने हुँदा यी पदार्थ अचेल महिला वा युवतीमाझ पनि निकै चर्चित हुन थालेको भक्तपुरस्थित 'अल्कोहलिक रिकभरिङ टिम'की शोभा वज्राचार्यले बताइन्।

बाआमाकै अगाडि सुपारी वा पानपराग खान छोरीहरूले संकोच मान्नुपर्ने अवस्था छैन। 'मधु मेरो फेभरेट हो,' बालाजुकी सम्झना सुब्बाले भनिन्, 'एक रुपिँयामै आउँछ। दिनको कम्तीमा २०/२५ प्याकेट खान्छु।स्कुल पढ्दा उनलाई साथीभाइले खाऊ भनेर एकदुई फाँको दिन्थे। अलिअलि गर्दागर्दै उनले दिनको दुईतीन प्याकेट भ्याउन थालिन्। 'पछि मात्रा बढ्दै गयो,' उनले भनिन्, 'अब त छोड्नै नसक्ने भइसकेँ।'

कतिपय महिला सुपारीखैनी वा चुरोटका अम्मली हुन्छन्। बिँडी त हाम्रा हजुरआमाका पालादेखि नै खाने गरिएको छ। वृद्धा महिलाले धुवाँ उडाइरहेको थुप्रै देखेका छौँ हामीले। अहिले तिनै हजुरआमाका छोरीनातिनिहरू पनि चुरोट सल्काउन पल्केका छन्। साथीभाइको लहैलहैमा लागेर वा देखासिकीका कारण युवतीहरूमाझ चुरोट आकर्षण भव्य बनेको ललितपुरको भैँसेपाटीस्थित इन्फेक्टेड एन्ड क्राइसिस केयर रिह्याबका कार्यकारी निर्देशक सुरज गौतमले बताए।  

बानेश्वरकी मिनाले कक्षा सातमा पढ्दादेखि नै चुरोट तान्न सुरु गरेकी थिइन्। युनिक बन्न रुचाउने उनी कुन स्टाइलले चुरोट समात्दा 'बबालदेखिन्छ भनेर ऐना हेर्दै कल्पनामा डुब्थिन्। एकदिन साथीहरूले जक्सनमा लगेपछि उनको सपना साकार भयो। साँच्ची नै चुरोट उनको हातमा पर्‍यो। रओठमा पनि पुग्यो। दिनको दुई खिल्लीबाट पिउन सुरु गरेकी उनले हिजोआज दुई बट्टासम्म भ्याउँछिन् रे। 'जतिबेला पनि तलतल लाग्छके गर्नु?' उनले भनिन्।

डा. रवि शाक्यका अनुसार नेपालमा अत्यधिक प्रयोग हुने लागुपदार्थ रक्सी हो। महिलाहरूले ज्यादा सेवन गर्ने लागुपदार्थ पनि रक्सी नै भएको अनुसन्धानहरूले पत्ता लगाएका छन्। लोकल ठर्रा नेपाली समाजमा बग्रेल्ती पाइन्छन् भने कतिपय जातजातिलाई संस्कारले नै रक्सी पिउन छुट दिएको छ। ग्रामीण भेगका महिलाहरू छ्याङतोङ्बा वा जाँडलाई महीसरह घुट्क्याउने गर्छन्। शहरबजारका महिला वा युवतीले चाहिँ रमाइलोका लागि बियरवाइनभोड्का वा रमलाई ठाडो घाँटी लगाउन थालेका छन्। कतिपयले दुःखपिरपारिवारिक किचलो आदि भुलाउन रक्सी खाने गर्छन्। कोही चाहिँ समाजमा भिज्न वा साथीभाइसामु आफूलाई बराबर देखाउन पनि रक्सी खानैपर्छ भन्ने भ्रममा छन्। अधिकांश युवतीले साथीभाइ वा ब्वाईफ्रेन्डको करबलले अल्कोहल(मदिरा) प्रयोग गर्ने नेपाल युथ रिह्याबिलिटेसन सेन्टरका डाइरेक्टर रिक्सन वज्राचार्यको अनुभव छ। 

विराटनगरकी ३६ वर्षीया शान्ता केसीलाई राति खाना खाएपछि चार/पाँच पेग भोड्का नपिए हिजोआज निद्रै लाग्दैन रे। 'सबले धोका दिएका छन् मलाई,' उनले फिल्मी डाइलग बोले जसरी भनिन्, 'यही एउटा रक्सीले मात्रै दिएको छैन।कुनै बेला विवाहको आश देखाउने प्रेमीले उनलाई लोप्पा ख्वाएको थियो। 'रक्सी खाएर झ्याप भएपछि त्यसलाई साफ थर्काउँछु भनेर दुई बोतल बियर खाएकी थिएँ त्यतिबेला,' उनी सम्झन्छिन्, 'तरन त्यसलाई थर्काउन सकेँ न त रक्सी नै छोड्न सकेँ।पछिल्लो समय श्रीमान्ले सौता हालेपछि शान्तालाई संसारमा रक्सीजति विश्वासिलो केही लाग्दैन रे। 'म यो रक्सीलाई कहिल्यै धोका दिनेछैन,' उनले भनिन्।  

हार्ड ड्रग्सको बिगबिगी

सुपारीपरागखैनीचुरोटरक्सी हुँदै धेरै किशोरीहरू हार्ड ड्रग्स वा गैरकानुनी लागुपदार्थको कुलतमा फसिरहेका छन्। तरहार्ड ड्रग्स सेवन गर्नेहरू ठ्याक्कै यस्तै क्रोनोलजिकल अर्डरमा लागुपदार्थ सेवन गर्दै उकालो लाग्छन् भन्ने छैन। काठमाडौँजोरपाटीस्थित सोबर रिकभरिङ टि्रटमेन्ट एन्ड रिह्याबिलिटेसन सेन्टरका निर्देशक टी वाङ्डूका अनुसार अधिकांश लागुऔषध प्रयोगकर्ता चुरोट हुँदै कडा खालका लागुपदार्थ सेवन गर्न थाल्छन्। आफूलाई एड्भेन्चरस वा फरक देखाउन खोज्ने र नेगेटिभ कुराबाट छिट्टै प्रभावित हुने युवतीहरूले यो बाटो अँगालेको उनले देखेका छन्। साथीभाइब्वाईफ्रेन्ड र परिवारका कोही सदस्य दुर्व्यसनी छन् भने युवतीहरूमा त्यो लत सर्ने सम्भावना ज्यादै उच्च हुने उनको अनुभव छ। डा. शाक्य भन्छन्, 'केटीहरू चाँडै ड्रग्सडिपेन्डेन्ट (लागुऔषधमा निर्भर) हुन्छन् र थोरै डोजले पनि उनीहरूलाई बिरामी (एडिक्ट) बनाउँछ।'

सुनीताका श्रीमान् लागुऔषध प्रयोगकर्ता थिए। उनको घर बिरामीहरूको अड्डा नै थियो। विवाह गरेको चारपाँच महिनासम्म सुनीता गाँजाको नजिक परिनन्। तरश्रीमान् र उनका साथी दिनभरि लट्ठ भएको हेर्दाहेर्दै उनलाई पनि गाँजाले तानिछाड्यो। 'श्रीमान्ले नै खान सिकाइदिनुभयो,' उनले भनिन्, 'सुरुमा एक सर्को तान्दा ननस्टप खोकी लाग्यो। उहाँले फेरि तान भन्नुभयो। यस्तो गर्दा गर्दै दुईचार खिल्ली सकियो। नशा चढेपछि एउटै मान्छेलाई दुइटा देख्न थालेँ। हातखुट्टा लल्याकलुलुक भयो।त्यसपछि उनले दैनिक गाँजा तान्न थालिन्। गाँजाबाट हेरोइनअफिम र ब्राउन सुगर सेवन गर्नेदेखि इन्जेक्सनसमेत प्रयोग गरिन्। सासुससुरा बेलायतमा भएकाले उनीहरूलाई पैसाको समस्या थिएन। तरएकदिन सुनीताको जीवनमा कस्तो वज्रपात आइपर्‍यो भने 'सिक पिरियड'मा उनका श्रीमान्ले मुखबाट सेतो फिँज निकाले। हस्पिटल नपुर्‍याउँदै उनको मृत्यु भयो। काजक्रिया सकाउनासाथ सुनीतालाई पनि रिह्याब (सुधार केन्द्र) मा हालियो। एक वर्षको टि्रटमेन्टपछि उनी हालै बाहिर निस्केकी छन्।      

मेडिकल साइन्सले दुर्व्यसनमा फस्नुको मूलभूत कारण– वंशानुगतमानसिक र सामाजिक पक्षलाई मान्ने डा. शाक्यको भनाइ छ। 'परिवारको कोही सदस्य लागुऔषध प्रयोग गर्छन् भने उसका सन्तान वा आफन्तलाई पनि त्यो लत सर्न सक्छ,' उनले भने, 'मानिसमा कुनै किसिमको मानसिक रोग वा तनाव छ भने उसलाई ड्रग्स सेवन गर्दा आनन्द मिलेजस्तो हुन्छ। तनावबाट छुट्कारा पाएजस्तो लाग्छ। मन हल्का र शान्त भएको भान हुन्छ। त्यसपछि ऊ झन्झन् लागुऔषध प्रयोग गरिरहन्छ।  सामाजिक फ्याक्टरले पनि मानिसलाई कुलतमा फसाउँछन्। विशेषगरी हाम्रो जस्तो समाज जहाँ औषधीमदिरा आदिको खुलेआम बिक्रीवितरण हुन्छत्यस्तो खुकुलो समाजका युवा वर्गलाई कुलतमा फस्न साह्रै सजिलो हुन्छ।'

महिला दुर्व्यसनीको संख्या 

नेपालमा ठ्याक्कै यति प्रतिशत महिला दुर्व्यसनीमा फसेका छन् भन्ने आधिकारिक तथ्यांक छैन। यस विषयमा सरकारसम्बन्धित निकाय र महिलाका लागि काम गर्ने संघसस्थाले कुनै चासो देखाएका छैनन्। सन् २००६ मा तथ्यांक विभागले गरेको सर्भेक्षणले नेपालमा दुर्व्यसनीमध्ये जम्मा दुई प्रतिशत महिलाले हार्ड ड्रग्स प्रयोग गर्ने फेला पारेको थियो। तरदुई लाख चानचुन लागुऔषध प्रयोगकर्तामध्ये ४० देखि ५० हजार महिलाको संख्या भएको अनुमान छ। दुव्यर्सनीमा फस्ने अधिकांश महिला/युवतीको उमेर १५ देखि ४५ वर्ष हुने डा. रविले बताए। 

ठ्याक्कै तथ्यांक नभए पनि दुर्व्यसनमा फसेको महिलाको संख्या बर्सेनि बढ्दो छ। यस्तो हुनुमा नेपाली समाजयहाँका मानिसका मानसिकताजनचेतना र नियमकानुनको अभावखुला सिमाना र कसको कोसँग संगत छ भन्ने कुरा प्रमुख कारण भएको जानकारहरू बताउँछन्। 'अधिकांश युवतीलाई तिनका ब्वाईफ्रेन्डले कुलतमा फसाएका छन्,' डा. शाक्यले भने, 'कोही  अनुभव गर्ने निहुँमा फसिरहेका छन्। कसैलाई ड्रग्स सेवन गर्‍यो भने स्लिम भइन्छइनर्जी आउँछपढाइमा ध्यान जान्छस्वर बोल्ड वा हस्की हुन्छ भन्ने भ्रम छ। यिनै कारणले महिला दुर्व्यसनीको संख्या थपिएको हो।'

'मेरा ग्रुपका सबै साथी स्लिम थिए,' २१ वर्षीया मनिता थापाले रिज्ला कागजमा ब्राउन सुगर बेरेर तान्नुको कारण बताएकी छन्, 'ममात्रै मोटी! मलाई ब्वाईफ्रेन्डले माल (ब्राउन सुगर) तान्यो भने फिगर बन्छ भन्यो। उसँगै मागेर दुईचार सर्को लगाएँ। पछि उसले अरु युजरहरू चिनाइदियो। जक्सनमा हुँदा बुच (रक्सी)ज्वाइन (गाँजा)पाइप (सिगरेट)सामान (इन्जेक्सन) सबथोक चलाउँथेँ।बिस्तारै उनको फिगर यसरी मेन्टेन भयो कि ६४ केजीबाट उनी ३८ मा झरिन् रे। हाल उनी काठमाडौँस्थित सुधार केन्द्रमा छिन्।   

'टिनएजका छोरीहरू उत्ताउलो त हुने नै भएभन्दै अभिभावकले छोरीहरूलाई छाडा छोडिरहेका हुन्छन्। कोही भने कडाइ गर्ने बहानामा छोरीमाथि खरो उत्रिएका हुन्छन्। उनीहरूलाई हल न चलको अवस्थामा राख्छन्। अभिभावकका यी दुवै प्रवृत्तिले छोरीहरूमा 'यसै भएनउसै भएनभन्ने मानसिकता सिर्जना हुन सक्ने सोबर रिकभरिङका वाङ्डूले बताए। उनको सेन्टरमा हाल २० जना युवती उपचारार्थ भर्ना भएका छन्। चौध वर्षका किशोरीदेखि ६५ वर्षका वृद्धालाई समेत उनी रेखदेख र पुनःस्थापित गराउन प्रयासरत छन्। 'अधिकांश युवती मध्यम वर्गीय परिवारका छन्,' उनले भने, 'स्कुल र प्लस टू लेभलका किशोरी हामीकहाँ धेरै आउँछन्।

नेपाल युथ रिह्याबका रिक्सन वज्राचार्यका अनुसार महिला दुव्यर्सनीको संख्या पत्ता लगाउन गाह्रो हुनुको थप कारण चाहिँ महिलाहरूले बोल्न र आफू एडिक्ट हुँ भनी स्विकार्नै नचाहनु हो। 'सर्भे नै गरे पनि कोही महिलाले म कोकिन खान्छुइन्जेक्सन प्रयोग गर्छु भनेर कदापि भन्दैनन्,' उनले भने, 'न त उनीहरू सुधार केन्द्रमा आउन नै रुचाउँछन्। परिवारले पनि उनीहरूलाई बरु घरमै कुटेरपिटेर वा थुनेर राख्छन् तर सुधार केन्द्र ल्याउने चेष्टा गर्दैनन्। छोरीको विवाह गर्न गाह्रो हुन्छ भन्ने डर उसका बाआमालाई हुन्छ।'

दुव्यर्सनका प्रभाव 

लागुऔषध प्रयोग गर्नासाथ कोही पनि त्यसको अम्मली बनिहाल्दैन। तरजब त्यो पदार्थ उसको आवश्यकता बन्न थाल्छत्यसपछि ऊ एडिक्ट वा बिरामी हुन्छ। यसलाई चिकित्सकहरू रोगका रूपमा लिन्छन्। सुरु गर्दा जुन अर्थमा प्रयोग गरे पनि दुर्व्यसनीको रोग लागिसकेपछि ती पदार्थ बिरामीका आवश्यकता बन्छन्। तिनको प्रयोग नगरे उनीहरू 'सिकहुन्छन्जसको कारण जिउ दुख्नेबोल्नहाँस्न मन नलाग्नेरिस उठ्नेखान मन नलाग्नेवाकवाकी लाग्नेनाकबाट सिँगान बगिरहने आदि हुन्छन्।

ब्राउन सुगर किन्न काठमाडौँबाट वीरगञ्जको रक्सौल पुगेकी १८ वर्षीया सबितालाई प्रहरीले रंगेहात समातेको थियो। प्रहरीले उनको गाला चट्काएपछि उनले पनि प्रहरीको घाँटी अठ्याएकी थिइन्। फलस्वरूपप्रहरीको सुनको सिक्री लुट्न खोजेको आरोपसमेत लगाई उनलाई छ महिना खोरमा थुनियो। दुव्यर्सनले मानिसलाई अपराधतर्फ उन्मुख गराउने उनको कथाले प्रस्ट्याउँछ।

सिक पिरियडमा प्रयोगकर्ताको चेतना स्तर न्यून हुने सोबर रिकभरिङका वाङ्डूले बताए। त्यस्तो अवस्थामा एक त महिलाको अस्तित्व लुटिने खतरा हुन्छ। अर्को कुरा ड्रग्सकै लागि शरीर बेच्न वा सेक्स टे्रड गर्न पनि महिला पछि पर्दैनन्। ड्रग्स नखाँदाको पीडा दशतिरबाट सियोले घोपेभन्दा ज्यादा हुने वाङ्डूले बताए। उनी आफैँ भूपूप्रयोगकर्ता पनि हुन्। 

एडिक्ट युवतीहरू ड्रग्सका लागि जे पनि गर्न तयार हुन्छन्। एकअर्कासँग सुई साटासाट गर्छन्। अन्ततः एचआइभी/एड्सहेपाटाइटिस बी/सीसिफिलिसक्यान्सर जस्ता घातक रोगका शिकार बन्न पुग्छन्। डा. रवि शाक्यका अनुसार हार्ड ड्रग्सभन्दा चुरोटका कारण रोग लागेकाहरूको उपचार गराउन गाह्रो हुन्छ।

लागु पदार्थको सेवनले महिलाको प्रजनन स्वास्थमा पनि गहिरो प्रभाव पार्ने उनले बताए। 'कानुनी वा गैरकानुनी दुवै खालका ड्रग्सले महिलाको बच्चा जन्माउने क्षमतामा ह्रास ल्याउँछ,' उनले भने, 'कि त उनले बच्चा जन्माउनै सक्दिनन्। जन्माइहाले पनि स्वस्थ बच्चा जन्मिँदैन।'

झिनामसिना लतका रूपमा लिइने मधुपानपरागखैनीगुट्खा आदिको सेवनले महिलाको स्वास्थ्यमा घना असर पार्ने चिकित्सकहरू बताउँछन्। 'ती पदार्थमा निकोटिन प्रयोग गरिएका हुन्छन्,' डा. शाक्य भन्छन्, 'लामो समयसम्म खैनी खानेको गाला कुहिनेभ्वाङ पर्ने वा क्यान्सरको सम्भावना हुन्छ। चियासमेत धेरै पिउनु हुँदैन। त्यसले पनि विशेषतः महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar