हरेक खेलपछि हार्ने टिमका खेलाडी मैदानबाट घट्दै जान्छन् ।
किनकि उनीहरूको विश्वकपको फाइनल खेल्ने सपना सकिंदै जान्छ । र, खेलाडीहरू केही त लामो समयपछि मात्र फुटबललाई सम्झन चाहन्छन् ।
यस पटकको विश्वकप सकिएको छैन । सेमिफाइनलमा हार बेहोरेका टिमका खेलाडीले फेरि एक पटक ब्रासिलियामा तेस्रो स्थानका लागि शनिबार खेल्दैछन् । अन्तिम चारमा बेहोरेको हारले खेलाडीहरू थाकेका छन् । तेस्रो स्थानका खेल धेेरै खेलाडी, प्रशिक्षक र समर्थकका लागि पनि निकै पीडादायी कुरा हुन्छ । नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले तेस्रो स्थानका लागि हुने खेलका बारेमा तीतो अनुभूति व्यक्त गरे,'मलाई लाग्छ, यस्तो खेल कहिल्यै नहोस् । सबैभन्दा खराब कुरा भएको त्यो त्यस्तो क्षण हो, जहाँ तिमी दुई पटक हार्न सक्छौं । र, प्रतियोगितामा राम्रो खेलेको टिम अन्त्यमा घर र्फकंदा हरुवा हुन सक्छ ।'
युरोपियन च्याम्पियनसिप र कन्काकेफ गोल्डकपमा तेस्रो स्थानका लागि खेलाउने चलन हटाइएको छ । तर दक्षिण अमेरिकामा हुने कोपा अमेरिका र कन्फेडेरेसन्स कपमा भने खेलाइन्छ । भान गालले विश्वकपमा तेस्रो स्थानका लागि हुने खेलले कुनै पनि रोमाञ्चकता नल्याउने बताए । विश्वकपमा तेस्रो स्थानका लागि सबैभन्दा पहिले सन् १९३४ मा भएको थियो । जसमा जर्मनीले अस्टि्रयालाई ३-२ ले हरायो । तेस्रो स्थानका लागि हुने खेलमा कम ट्याकल हुने, खेलाडीले कम डाइभ हान्ने र कमजोर डिफेन्स हुने गर्छ । जसले गर्दा सधंै तेस्रो स्थानका लागि भएका खेलमा बढी गोल भएको पाइन्छ । कम्तीमा पनि ३ गोल हुने गरेका छन् ।
ब्राजिलका लागि यो खेल सम्झनलायक हुन सक्छ । किनकि सन् २००२ को एक आयोजक दक्षिण कोरिया करिब ६० हजार समर्थकअघि टर्कीसँग ३-२ ले पराजित भएको
थियो । जसमा सबैभन्दा छिटो गोल पनि सामेल छ । टर्कीका हकन सुकुरले खेलको ११ सेकेन्डमै टिमलाई अग्रता दिलाएका थिए । त्यसको चार वर्षपछि जर्मनीमा भएको विश्वकपमा घरेलु टिम पोर्चुगललाई ३-१ ले हराउँदै तेस्रो भएको थियो ।
तथ्यलाई हेर्दा ब्राजिलका लागि अझ अशुभ हुन सक्छ । किनकि पछिल्ला ८ विश्वकपमा युरोपेली देश नै तेस्रो भएका छन् । जसले नेदरल्यान्ड्सका समर्थकलाई केही राहत दिएको छ भने ब्राजिलका दर्शकलाई थप निराशापन । ब्राजिलका प्रशिक्षक लुइस फिलिपे स्कोलारी जर्मनीसँगको हारपछि टिमबाट बिदा हुने पक्का छ । यस्तोमा टिमलाई छाड्नुअघि उनी सान्त्वना जित हात पार्न चाहन्छन् । 'जीवन अगाडि बढी रहन्छ । हामी अर्को लक्ष्य प्राप्त गर्नका लागि अघि बढ्नुपर्छ । हाम्रो अर्को लक्ष्य तेस्रो स्थानमा हासिल गर्ने हो,' उनले भने ।
तर शनिबारको खेलको नतिजा जस्तो आए पनि प्रशिक्षक, खेलाडी र समर्थकको आँखा भने आइतबार रियो दि जेनेरियोमा फाइनलमा जाने छ ।

1169

0 comments:
Speak up your mind
Tell us what you're thinking... !