युक्रेनमा लडाकुहरुले सेनाको विमान खसाले
काठमाडौं, आषाढ ३१ । युक्रेनमा रुस समर्थित पृथकतावादीहरुको नियन्त्रणमा रहेको पूर्वी क्षेत्रमा फेरि संघर्ष चर्किएको छ । लडाकुहरुले सरकारी सेनाको एक विमान खसालेका छन् ।
साढे छ हजार उचाईमा उडिरहेको विमानलाई निशानामा पारिएको हो । रुसबाटै प्रहार गरिएको एक शक्तिशाली मिसाइलले आक्रमण गरिएको हुनसक्ने युक्रेनी सेनाले आशंका गरेको छ ।
सरकारी
सेनाले पनि लुहान्स्क सहरमा ट्यांकसहितका हतियारले आक्रमणको प्रयास गरेका छन् । दक्षिण र पश्चिमी क्षेत्रबाट अगाडि बढेका सरकारी सेनालाई आफूहरुले पनि गतिलो जवाफ दिएको पृथकतावादी लडाकुहरुले दाबी गरेका छन् ।
गत अप्रिल यता युक्रेनी सरकारले पूर्वी युक्रेनमा प्रतिआतंकवादविरुद्धको अभियान अन्तर्गत विद्रोहीविरुद्ध सैनिक कारबाही अगाडि बढाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !