Headlines News :
>
Home » , , , » विश्वमा कहाँ–कहिले आक्रमणको शिकार भए व्यवसायिक जहाज ?

विश्वमा कहाँ–कहिले आक्रमणको शिकार भए व्यवसायिक जहाज ?

Written By Unknown on Saturday, 19 July 2014 | 00:25

काठमाडौं, श्रावण २ । विश्वमा दुई देशबीच सम्बन्ध बिग्रिएको बेला गैरसैनिक जहाजहरु समेत निशानामा पर्ने गरेका छन् । युक्रेन र रुसको सिमाना नजिक दुर्घटनाग्रस्त भएको मलेसियन एअरलाइन्सको विमान पनि विद्रोहीहरुको ‘मिसाइल आक्रमण’मा परेको दाबी केही पक्षको छ । यदि त्यसो हो भने यसले युक्रेन मामिलामा पश्चिमा र रुसबीचको सम्बन्धमा तिक्तता थप्ने निश्चितछ ।

हवाई इतिहासमा ‘व्यवसायिक’ प्रयोजनमा उडेको विमान सैन्य धरापमा परेको यो नै पहिलो घटना भने होइन ।

युक्रेन र रुसको सिमानामा मलेसियन एअरलाइन्सको ‘बोइङ ७७७’ जहाज दुर्घटनाग्रस्त भएको घटनाले विश्वको हवाई सुरक्षामा नयाँ चुनौती थपिदिएको छ । अमेरिका, युक्रेन लगायतका देशहरुले मलेसियन विमानलाई पूर्वी युक्रेनमा सक्रिय रुस समर्थित पृथक्तावादीहरुले ‘मिसाइल हानेर खसालेको’ आरोप लगाएका छन् ।

तर, विद्रोहीहरुले भने युक्रेनले नै उक्त विमान ‘खसालेको’ आरोप लगाएका छन् । रुसले भने अहिलेसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन । विश्वमा दुई देशबीच वा क्षेत्रीय तनाव बढेको बेला व्यवसायिक प्रयोजनमा उडेका विमानहरुसमेत निशानामा पर्दै आएका छन् ।

तथ्यांकलाई हेर्ने हो भने यस्ता घटना पूर्व सोभियत संघ वा हालको रुस आसपासका क्षेत्रमा सबैभन्दा बढी भएका छन् । पछिल्लो घटना सन् २००१ मा युक्रेनमै भएको थियो । इजराइलको तेल अभिभबाट रुसको नेभ्रोस्कीका लागि उडेको साइबेरियन एअरलाइन्सको उक्त विमान युक्रेनी सेनाले गल्तीले खसाल्दा सबै ७८ यात्रु मारिएका थिए ।

सन् १९८८ मा इरान एअरको एउटा एयरबसलाई अमेरिकी सेनाले पर्सियन खाडीमा खसालेका थिए । खाडीको युद्ध चर्किएका बेला अमेरिकी नौसेनाले सैन्य विमान भनेर भुलवस ‘सिभिलियन’ विमान खसाल्दा सबै २ सय ९० यात्रु मारिएका थिए ।

सन् १९८३ मा कोरियन एअरलाइन्सको एउटा विमान रुसी मिसाइल आक्रमणको शिकार बन्यो । अलास्काबाट कोरियाको सिओलका लागि उडेको विमान गल्तीले रुसी हवाई क्षेत्रमा प्रवेश गरेपछि रुसी सेनाले मिसाइल आक्रमण गर्दा सबै २ सय ६९ जनाको मृत्यु भयो । ज्यान गुमाउनेहरुमा अमेरिकी सांसद लरेन्स म्याक्डोनाल्डसमेत रहेका थिए ।

७० को दशकमा जिम्बाबेमा विद्रोहीहरुले दुईओटा सिभिलियन विमान खसालेका थिए । तत्कालीन रोडेसियन एयरलाइन्सको दुईओटा विमानलाई ५ महिनाको अवधिमा ध्वस्त पारिंदा १ सय ७ जनाको मृत्यु भएको थियो ।

सन् १९७३ मा लिबियन एअरलाइन्सको एउटा बोइङ गल्तीले सिनाइ प्रायद्धीपमा प्रवेश ग¥यो । त्यतिबेला इजराइलको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा इजरायलले जवाफी कारबाही ग¥यो । इजराइलका दुईओटा युद्धक विमानले लिबियन जहाजलाई अवतरण गराउने प्रयास गरे । तर, प्रयास विफल भएपछि उक्त विमान खसालिंदा विमानमा सवार १ सय १३ जनामध्ये १ सय ८ जनाको मृत्यु भयो ।

यी त केही उदाहरण मात्रै हुन् । क्षेत्रीय तथा अन्तराष्ट्रिय युद्ध तथा तनावका बेला थुप्रै सिभलियन जहाजहरु सैन्य धरापमा परेका छन् । १९४० मा फिनल्याण्डको एउटा कार्गो जहाजलाई सोभियत सेनाले खसालेयता विश्वमा हालसम्म कम्तिमा २२ ओटा यस्ता घटना भइसकेका छन् । ती मध्ये ९ ओटा घटना त पूर्व सोभियत संघ वा हालको रुस आसपासको सिमानामा भएका छन् ।

यी सबै घटनामा गरी कम्तिमा १२ सय ५० यात्रुको मृत्यु भइसकेको छ । मलेसियन एयरलाइन्सको ‘बोइङ ७७७ एम एच १७’ जहाज पनि यदि कसैको निशानामा परेको हो भने यसले विश्वलाई ध्रुर्वीकरण गर्दै अन्तराष्ट्रिय तनाव बढाउने निश्चित छ । (एजेन्सीको सहयोगमा) - See more at: http://imagekhabar.com/samachar/detail/39775/28/.shtml#sthash.0pAtaQRa.3uxoNNX5.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar