विद्रोहीको
विमान युक्रेनको द्धन्द्धग्रस्त क्षेत्र डोनेस्क नजिकबाट रुसको भागतर्फ अगाडि बढ्नै लाग्दा आकाशबाट जल्दै खसेको थियो । विमानमा १ सय ८९ नेदरल्याडस्का, २७ जना अष्ट्रेलियाका, ४४ जना मलेसियाका, १२ जना इन्डोनेसियाका, १० जना बेलायतका नागरिक सवार रहेको जनाइएको छ । विमानमा सवार बाँकी ४३ जना यात्रुमा जर्मनी, बेल्जियम, फिलिपिन्स र क्यानाडाका नागरिक रहेको बताइएको छ ।
यता, विमान दुर्घटनामा युक्रेनका रुसी पृथकतावादीको हात रहेको आशंका गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले तत्काल छानबिन गर्न माग गरेका छन् ।
यसअघि संयुक्त राष्ट्रसंघले पनि छानबीन गरी दोषीलाई कडा दण्ड दिन माग गरेको थियो । ओबामाले विमान मिसाइल आक्रमण गरी खसालेको प्रमाण पनि भएको दाबी गरेका छन् । ओमाबाले यो घटनालाई ‘ग्लोबल ट्रेजेडी’को संज्ञा दिएका छन् ।
ओबामाले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए । विमानमा सवार अधिकांश अष्ट्रेलियाको मेलबर्नमा हुने एचआइभी एड्स सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन गइरहेका थिए ।
युक्रेनले पृथकतावादीहरुले ३३ हजार फिट उचाइमा उडिरहेको विमान क्षेप्यास्त्र प्रहार गरेर खसाएको दाबी गरेको छ । रुसले क्राइमिया नियन्त्रणमा लिएपछि युक्रेन र रुसबीच तनाव जारी छ । रुसले विद्रोहीलाई क्षेप्यास्त्र र अत्याधुनिक हतियार दिएको आरोप युक्रेनले पहिलेदेखि लगाउंदै आएको छ ।
रुस समर्थक पृथकतावादीले केही दिनअघि मात्र युक्रेनी जेट विमान खसाएका थिए । चार महिनाअघि पनि क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको २ सय ३९ जना रहेको सोही एअरलाइन्सको विमान बेपत्ता भएको थियो । उक्त विमानको अझै पत्तो लाग्न सकेको छैन ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !