Headlines News :
>
Home » , , » बिदेश बाट फर्कदा एल,सी,डी र एल,ई,डी टी भी मा लाग्ने भन्सार कर

बिदेश बाट फर्कदा एल,सी,डी र एल,ई,डी टी भी मा लाग्ने भन्सार कर

Written By Unknown on Thursday, 17 July 2014 | 16:36

परदेशा खबर 

यसपालिको बजेटले विदेशबाट फर्कनेहरुले ल्याउने टेलिभिजनबारे
नयाँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई
कम्तिमा एक वर्ष काम गरी फर्कने
नेपालीले ल्याएको जुनसुकै
प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी)
३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल
छुट दिइनेछ। अघिल्लो बजेटले ३०
इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा यस पटक ३२
इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसका लागि तपाईँ
वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश
गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट
हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र
यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ।
त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर
भन्सार महसूल लिइनेछ। यो महसूल दरमा चाहिँ परिवर्तन
गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ
त ?
आर्थिक विधेयक २०७१ मा यस्तो व्यवस्था छ-
मानौँ तपाईँले ६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ
भने छ महिनाभन्दा बढी विदेशमा बस्नेले ६०X१२००
= ७२ हजार भन्सार महसूल तिर्नुपर्यो। छ महिनासम्म विदेश
बसेकाले भने ६०X१२५० = ७५ हजार तिर्नुपर्यो।
यसमा ध्यान दिनु पर्ने कुरा के हो भने ३२
इन्चसम्मको टिभीको भन्सार लाग्दैन,
त्योभन्दा बढीको लाग्छ भन्ठान्नु हुँदैन।
यसअघि पनि धेरै पाठकहरु झुक्किएको देखियो।
माथि विधेयकमा प्रष्ट लेखिएको छ-
सोभन्दा बढी इन्चको टिभी ल्याएमा उक्त
छुट सुविधा दिइने छैन। अर्थात्, ३६
इन्चको टिभी ल्याएर ३२ सम्मको त भन्सार लाग्दैन,
बाँकी ४ इन्चको मात्र तिर्छु भन्न पाइँदैन, पूरै ३६
इन्चको तिर्नुपर्छ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar