पोखरा, असार ३२ - पोखरास्थित ब्यस्त सभागृहचोकमा तिब्र गतिमा गुडेको एक नगरबस दुर्घटना भएको छ । दुर्घटनामा सडक पेटीमा उभिएका एक युवकको ज्यान गएको छ ।
मृतकमा धादिङ पात्लेखाल्टेका २४ वर्षीय गोविन्द गिरी रहेको प्रहरी नायव उपरीक्षक केदार रजौरेले बताए । उनी रेलिङमा अडेस लगाएर बसेका थिए ।
ग १ ख ३८८६ नम्बरको मिनी बस चोकमा बनाईएको रेलिङ भाँचेर अगाडि रहेको ओपिन्द्र कल्याण कपडा पसलको सट्टर समेत छेडेर भित्र पसेको थियो । पसल खुलीसकेको थिएन । बसले पार्किङमा रहेका एक मोटरसाईकल र स्कुटर पनि क्षति पुर्याएको छ ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !