Headlines News :
>
Home » » भारतले नेपाललाई भुटान बनाउन खोजिएको खुलासा : भारतले पठाएको ड्राफ्ट कोइरालाद्वारा अस्वीकार

भारतले नेपाललाई भुटान बनाउन खोजिएको खुलासा : भारतले पठाएको ड्राफ्ट कोइरालाद्वारा अस्वीकार

Written By Unknown on Monday, 21 July 2014 | 17:15




 ५ साउन, काठमाडौं । अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले ‘नेपाल-भारत उर्जा सहयोगसम्बन्धी सहमति’को प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । भारतीय योजनामा ठेस लागेपछि आगामी शुक्रबार हुने भनिएको भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमण खल्लो हुने भएको छ ।

नेपालको उर्जामा भारतले मात्रै लगानी गर्न सक्ने गरी तयार पारिएको भन्दै उक्त प्रस्तावबारे कांग्रेस नेताले अमेरिकामै रहेका प्रधानमन्त्रीलाई विस्तृत व्याख्या गरेपछि प्रधानमन्त्री कोइरालाले त्यसलाई मान्न नसकिने बताएको एक कांग्रेस नेताले अनलाइनखबरलाई जानकारी दिए ।
‘तीन महिना अगाडि नै आएको सो प्रस्ताव प्रधानमन्त्रीलाई समेत नदेखाई लुकाएर राखिएको रहेछ, तपाई अमेरिकाबाट आउनुअगावै परराष्ट्र सचिवले दिल्ली लिएर जान लागेका थिए’ प्रधानमन्त्री कोइरालालाई कांग्रेस नेताले काठमाडौंबाट पोल लगाउँदै भने- ‘यसमा ठूलो षड्यन्त्र छ प्रधानमन्त्री ज्यू, नेपाललाई भूटान बनाउन खोजिएको छ ।
भारतीय प्रस्तावमा नेपालको जलविद्युत र सौर्य उर्जामा समेत भारतबाहेक अन्य देशलाई लगानी गर्न नदिने गरी नेपाललाई भुटानजस्तै बन्द राष्ट्र बनाउन खोजिएको कांग्रेस नेताले प्रधानमन्त्रीसमक्ष व्याख्या गरेको स्रोतले बतायो ।
भारतीय प्रस्तावबारे कुरा सुनिसकेपछि प्रधानमन्त्रीले यस्तो प्रस्ताव कुनै पनि हालतमा मान्न नसकिने प्रतिक्रिया दिएको बताइएको छ । क्यान्सरको उपचार गर्न अमेरिका गएका प्रधानमन्त्री कोइराला मंगलबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
भारतले तीन महिनाअघि नै उक्त प्रस्ताव नेपाललाई पठाएको भए पनि प्रधानमन्त्री सुशील कोइरालालाई यसबारे जानकारीसम्म गराइएको थिएन । सरकारले उक्त प्रस्ताव गोप्य राखेको थियो । तर, पूर्व जलस्रोतमन्त्रीहरुसँग उर्जा मन्त्रालयले गरेको छलफलपछि यो दस्तावेज सार्वजनिक भएको थियो । भारतीय प्रस्तावले नेपालको सार्वभौम सत्तालाई संकुचन गरेको नेपाली नेताहरुको दाबी छ ।
त्यसो त उर्जामन्त्री राधा ज्ञवालीले समेत उक्त भारतीय प्रस्ताव अस्वीकार गर्ने बताएकी छन् । संसदीय दलको बैठकमा मन्त्री ज्ञवालीले नेपालको हित विपरीत भारतसँग सम्झौता नगर्ने बताएको एमाले सभासद चन्द्रबहादुर गुरुङले अनलाइनखबरलाई बताए ।
यसैवीच नेपालस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त प्रस्तावले नेपालको सार्वभौम सत्ता र विद्युत विकासको सम्भावनालाई संकुचन नगरेको दाबी गरेको छ । साथै सो प्रस्ताव प्रारम्भिक भएकाले त्यसलाई नेपालले अस्वीकार गर्न सक्ने दूतावासले जनाएको छ ।

भारतीय प्रस्तावमा रहेका खतरनाक पक्ष
भारतले गरेको प्रस्तावले नेपाललाई भुटानीकरण गर्ने स्पष्ट देखिएको छ । नेपालका खोला नाला र जलिविद्युतमा सय प्रतिशत लागनी भारतले गर्ने भन्ने प्रावधानले अन्य कुनै पनि देशलाई नेपालको जलविद्युत र उर्जामा लगानी गर्न रोक्छ । यो प्रस्ताव पारित भएमा छिमेकी चीनबाट समेत नेपालले विद्युत उत्पादनमा सहयोग माग्न वा लगानी जुटाउन पाउँदैन ।
त्यसैगरी कुनै पनि राष्ट्रिय महत्वका सन्धी सम्झौता गर्दा नेपालको संविधान बमोजिम संसदलाई छलेर गर्न पाइन्न । तर, भारतले ल्गाएको यो प्रस्ताव ३ महिनासम्म उर्जामन्त्रालयले संसदलाई छलेर गोप्य राखेको थियो । संसदलाई छलेर नेपालको प्राकृेति स्रोृतसाधनमा भारतीय एकाधिकार रहने गरी सम्झौता गर्न खोज्नुलाई विश्लेषकहरुले विगतको टनकपुर समझदारीभन्दा डरलाग्दो राष्ट्रघाती कदम बताएका छन् ।
नेपालले यससम्बन्धमा गरेको ड्राफ्टलाई भारतीय पक्षले आफ्नो प्रसतावमा एक शब्दसम्म उल्लेख नगर्नु अर्को बेइमानी भएको स्रोतको भनाइ छ । भारतीय दूताबासले उल्लेख गरेको सन् १९९७ को सहमति संसदबाट अनुमोदन नभएकाले लागू नै नभएको स्रोतले अनलाइनखबरलाई बतायो ।
सुष्माको भ्रमण खल्लो हुने
आगामी शुक्रबारदेखि भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउँदैछिन् । उनको भ्रमणका बेला कणर्ाली जलविद्युत आयोजनाको उर्जा विकाससम्बन्धी सम्झौता गर्ने तयारीस्वरुप जीएमआर कम्पनी काठमाडौंमा बसेर गृहकार्य गरिरहेका बेला नेपाल भारत उर्जा सहयोगसम्बन्धी भारतीय प्रस्तावबारे विवाद चर्किएको हो । यो विवादले नेपालमा भारतप्रति आशंका उत्पन्न भएको छ । साथै यो विवादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई समेत मनोवैज्ञानिक प्रभाव पार्ने स्थिति देखिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar