कुकुर भनेपछि धेरैले राम्रो खाले कुकुर नै सम्झन्छन् । तर सबै कुकुर
हेरिरहुँ झैँ राम्रा कहाँ हुन्छन् र । कुनै कुनै त देख्ने बित्तिकै छ्या
भन्नुपर्ने खालका पनि हुन्छन् । त्यस्तै केही कुकुरको संगालो हो यो ।
माथिको फोटो एबी नामको कुकुरको हो। चिहुवाहुवा जातिको यो कुकुरले सन् २०१० को विश्वकै कुरुप कुकुरको उपाधि जितेको थियो।
एलउड नाम गरेको यो कुकुर चाहिँ सन् २००७ को कुरुप कुकुर प्रतियोगिताको
विजयी हो। यसले कुरुप भएकै कारण हजार डलर पुरस्कार जितेको थियो।
गुस नामको यो कुकुर चाहिँ सन् २००८ को कुरुप कुकुर प्रतियोगिताको विजेता
हो। यसको तीन वटा खुट्टा मात्रै थियो। उपाधि जितेको पाँच महिनामै यो
मर्यो।
यसको नाम हो हब्बल। यो बेलायतको सबैभन्दा कुरुप कुकुर उपाधि विजेता हो।
मिस एली नामको यो कुकुर्नी १७ वर्षकी भई। सन् २००९ को एउटा कुरुप कुकुर प्रतियोगिता यसले जितेकी थिइ।
मञ्चकिन नामको यो कुकुरले चाहिँ कुरुप कुकुरका धेरै प्रतियोगिताहरु जितिसक्यो। विश्वका धेरै टिभी र छापाहरुमा यो कुकुर छाइसकेको छ।
क्यालिफोर्नियामा सन् २००९ मा भएको कुरुप कुकुर प्रतियोगिता जित्ने यो कुकुरको नाम प्याब्स हो।
रास्कल नामको यो कुकुरको चैँ विशेषतै अर्कै। यसको आमा, हजुरआमा र हजुरबुबा तीनै वटाले कुरुप कुकुर प्रतियोगिताको उपाधि जितेका थिए।
साम नामको यो कुकुरले चाहिँ सन् २००५ मा क्यालिफोर्नियामा भएको कुरुप कुकुर
प्रतियोगिता जितेको थियो। त्यही वर्षको नोभेम्बरमा यो मर्यो।
अग नामको यो कुकुर सन् २०१० मा बेलायतको सबैभन्दा कुरुप कुकुर घोषित भएको थियो।












0 comments:
Speak up your mind
Tell us what you're thinking... !