Headlines News :
>
Home » » आइटम डान्स गर्नेहरुलाई बेश्या घोषित गर्न माग !

आइटम डान्स गर्नेहरुलाई बेश्या घोषित गर्न माग !

Written By Unknown on Wednesday, 3 December 2014 | 02:01

भारतमा चलचित्रहरुमा आइटम डान्स गर्ने अभिनेत्रीहरुलाई बेश्या घोषणा गर्नु पर्ने माग त्यहाँको एक हिन्दु संगठनले गरेको छ । भारतमा सक्रिय हिन्दू महासभा र यसमा आवद्ध नेताहरुले भड्किला कपडा लगाएर फिल्ममा नृत्य गर्ने महिलालाई बेश्या घोषित गर्नु पर्ने माग गरेका हुन् ।
हिन्दु सभाको उत्तरप्रदेश यूनिटका महासचिव नवीन त्यागीले फिल्ममा भड्किला कपडा लगाएर नाङ्गो नाच देखाउनेहरुलाई बेश्या घोषित गर्नु पर्ने बताएका छन् । यसरी पैसा कमाउने महिला बेश्या हुने उनको भनाइ छ ।
besyanach
विद्यालयमा केटीलाई स्कर्ट र जिन्स लगाउन प्रतिबन्ध लगाउनु पर्ने माग पनि उनले गरेका छन् । केटीहरुले फोन बोक्न पाउनै नहुने उनको भनाइ छ ।
यो मुद्धालाई अव देशको सर्वोच्च अदालतमा पुर्‍याउने उद्घोष समेत उनले गरेका छन् ।
यद्यपी हिन्दु महासभाकै केन्द्रिय महासचिव स्वामी चक्रपाणिले भने यस्तो भनाइ गलत भएको र यसबारे आफूलाई जानकारी नभएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar