संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले गरेको अध्ययनले उच्च मध्यमवर्गिय परिवारका महिलामध्ये २५ प्रतिशतले तथा मध्यमवर्गिय परिवारका मध्ये ३ प्रतिशत महिलाले आफूले निरन्तर यौनजन्य हिंसा सहनुपरेको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
सामाजिक संरचना, जटिल कानूनी प्रक्रिया लगायतका कारण पुरुषले महिलालाई आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्ति देखिएको अध्ययनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. संजिव उप्रेतीले बताउनुभयो । विवाहपूर्व यौन सम्पर्क राख्ने मामलामा भने काठमाडौंका महिलाहरु उदार देखिएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशत महिलाले विवाहपूर्वको यौन सम्पर्कलाई उचित भनेका छन् । यस्तै ३६ प्रतिशत महिलाहरुले त विवाहपश्चात पर पुरुषसँगको यौन सम्पर्कलाई पनि सामान्य रुपमा लिनुपर्ने बताएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै श्रीमतीलाई कुट्न नसक्नुलाई पुरुषहरुले लज्जाको विषय रुपमा लिने गरेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले गरेको अध्ययनले अझैपनि २० प्रतिशत पुरुषहरुमा त्यस्तो गलत धारणा रहेको देखाएको हो । श्रीमतीलाई कुट्न नसक्नुलाई लज्जाको रुपमा लिने दर तराई क्षेत्रमा बढी देखिएको छ । श्रीमतीलाई कुट्नुलाई पुरुषार्थको रुपमा लिने दर तराईमा २३ प्रतिशत रहेको छ ।
यस्तै श्रीमतीको कमाइमा बाँच्नुलाई पनि नराम्रो रुपमा हेर्ने गरिएको अध्ययनले देखाएको छ । काठमाडौंका ६४ प्रतिशत तथा तराईका ७० प्रतिशत पुरुषहरुले श्रीमतीको कमाइमा बाँच्ने स्थिति पैदा भए आफ्नो अस्तित्व नै गुमाएको जस्तो अनुभव हुने बताएको युएनडिपीले मंगलबार ललितपुरमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । महिला र पुरुषको रिसाउने दर भने काठमाडौंमा उस्तै देखिएको छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !