Headlines News :
>
Home » » यस्तो रह्‍यो दिया मास्‍केको हनिमुन

यस्तो रह्‍यो दिया मास्‍केको हनिमुन

Written By Unknown on Friday, 5 December 2014 | 03:51

लामो समयदेखि अनुप सरसँग काम गरिरहेकी थिएँ। उहाँ र ममा शिक्षक र विद्यार्थीको सम्बन्ध थियो। जबसम्म सिक्ने र सिकाउने चीज रहन्छ तबसम्म सम्बन्ध टिकिरहन्छ। माया त हरेक सम्बन्धमा हुन्छ नै। म उहाँलाई त्यत्तिकै सम्मान पनि गर्छु। कामको सिलसिलामा सँगै हुन्थ्यौं, त्यसैले माया बढ्दै गयो। विवाह गर्ने निर्णयमा पुग्यौं। विवाहपछि पोखरा गयौं। हाम्रो घर नै पोखरा भएकाले त्यसलाई हनिमुन भन्न मिलेन। हामी हनिमुन गएनौं पनि। पोखरामा हुँदा घरबाहिर घुम्न निस्कियौं। हामी हात समाएर, अँगालो हालेर कहिल्यै हिँडेका छैनौं। विवाहको समयमा पनि मलाई त अभिनय गरिरहेजस्तो भयो। हाँसो उठिरहेको थियो। जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ। अनुप सर बेहुला भएर आएको देख्दाचाहिँ अलि लाज लाग्यो। उहाँसँग लामो समयदेखि सँगै भएकाले असहज अनुभवचाहिँ भएन। शारीरिक सम्बन्धले माया झन् गहिरो हुँदै गयो। यो सम्बन्ध महत्त्वपूर्ण कुरा हो तर सबै थोकचाहिँ होइन। यस्तो सम्बन्धले म पूर्ण रूपमा यही व्यक्तिको भएँ, अब केही बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ।
शारीरिक सम्बन्धले माया झन् गहिरो हुँदै गयो। यो सम्बन्ध महत्त्वपूर्ण कुरा हो तर सबै थोकचाहिँ होइन। यस्तो सम्बन्धले म पूर्ण रूपमा यही व्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ। अब केही बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ। सुरुमा मनमा भएका कतिपय कुरा भन्न अप्ठ्यारो लाग्थ्यो तर यो निकटताले सबै कुरा भन्न सजिलो बनाइदियो।
१० वर्षअगाडि अनुप सरलाई चिनेकाले उहाँको बानीव्यवहार मलाई राम्रोसँग थाहा छ। हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौं। उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो। मलाई सम्हाल्नसक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो। उहाँसँग मलाई डरभन्दा बढी विश्वास थियो।
अनुप सर मभन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुसचाहिँ भएन। कुनै असमझदारी छैन। हामी प्राय: कामकै विषयमा बढी गफ गर्छौं। एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय: सँगै हुन्छौं। त्यसैलाई निजी समयको रूपमा लिन्छौं। अहिलेसम्म काम छाडेर घुम्न जाने, समय बिताउने गरेकै छैन।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar