Headlines News :
>
Home » » पति वैदेशिक रोजगारीमा पत्नी यौन धन्दामा

पति वैदेशिक रोजगारीमा पत्नी यौन धन्दामा

Written By Unknown on Tuesday, 7 October 2014 | 17:04

Prostitute

नेपालको अर्थतन्त्र धान्ने वैदेशिक रोजगारीका जति सकारात्मक पक्ष छन् यसले त्यति नै सामाजिक विकृतको जन्म गराइरहेको छ । यस्तै विकृत धन्दा महोत्तरीकी एक महिलाले संचालन गरेको हालै खुलेको छ ।

प्रहरीले वैदेशिक रोजगारीमा गएका एकपुरुषकी पत्नीले आफ्नै घरमा यौन धन्दा चलाएको खुलासा गरेको हो ।

समाचार अनुसार महोत्तरीको श्रीपुर गाविस–१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले सोमबा राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने घरधनी २७ वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने ३० वर्षीय छोटु नदाफ, जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७ वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

श्रीपुर–१ बस्ने रामएकवाल रामकी पत्नी गुलाबिया देवीले पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी आफूसमेत संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो ।

तिनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।

त्यसै गरी भारतीय सामान नेपाल भित्र्याउन प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने एकजना तस्करलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने रौतहटका बिर्ती प्रस्टोका गाविस–६ बस्ने गजेन्द्र भन्ने रञ्जयकुमार साह हुन् ।

मासिक उपहार दिने कुरा मोबाइलमार्फत बारम्बार जानकारी गराउँदै आएका साहलाई प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक मानबहादुर ज्ञवालीले सोमबार राति ८ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको छ ।

नेपाली सीमासँगै रहेका भारतीय बजार घोडासहनबाट अवैध सामान नेपाल ल्याउन प्रहरीसँग कुरा मिलाउन गएका साहलाई जिल्ला प्रहरी कार्यालयको आदेशमा पक्राउ गरिएको हो ।

बंकुल, मौलापुर, सन्तपुर दोस्तिया, लक्ष्मीनिया, कटहरियालगायतका प्रहरीलाई रकम दिएर साहले अवैध रुपमा सामान नेपालका विभिन्न जिल्लामा पु¥याउने गरेको रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताउनुभयो ।

पति वैदेशिक रोजगारीमा पत्नी यौन धन्दामा
नेपालको अर्थतन्त्र धान्ने वैदेशिक रोजगारीका जति सकारात्मक पक्ष छन् यसले त्यति नै सामाजिक विकृतको जन्म गराइरहेको छ । यस्तै विकृत धन्दा महोत्तरीकी एक महिलाले संचालन गरेको हालै खुलेको छ ।

प्रहरीले वैदेशिक रोजगारीमा गएका एक पुरुषकी पत्नीले आफ्नै घरमा यौन धन्दा चलाएको खुलासा गरेको हो ।

समाचार अनुसार महोत्तरीको श्रीपुर गाविस–१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले सोमबा राति पक्राउ गरेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar