भक्तपुर, भाद्र २५ -
ट्राफिक प्रहरीले काठमाडौं-भक्तपुर ६ लेन सडकमा राडारगन प्रयोग गरेको छ।
गुडिरहेको सवारी गति नाप्न राडारगन प्रयोग गरेको ट्राफिकले जनायो। तीव्र
गतिमा सवारी गुडाउनेहरूलाई कारबाही गर्न ट्राफिकलाई सजिलो भएको छ। एक
सातामा ७ सय सवारीसाधन कारबाहीमा परेका छन्।
कारबाहीमा परेका सवारीबाट १ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भइसकेको ट्राफिकका प्रहरी निरीक्षक लवकुश थापाले बताए।
भक्तपुरमा मात्र ३ वर्षयताको सवारी दुर्घटनामा ८८ जनाले ज्यान गुमाइसकेका
छन्। सल्लाघारीदेखि चुनदेवीसम्मको ५ सय मिटर दूरीमा मात्र महिनामा ४
जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
अधिकांश दुर्घटना तीव्र गति र सवारी चालकको लापरबाहीका कारण हुने गरेको
ट्राफिक प्रहरीले जनायो। 'राडारगन देखेपछि सवारी स्पिड कम गर्दै लाने गरेको
पाइएको छ,' इन्स्पेक्टर थापाले भने, 'चालकको हेपाहा प्रवृत्ति बढ्दै गएको
छ, दोषी चालकलाई कडा कारबाहीको नीति नबनेसम्म बानी परिवर्तन गर्न कठिन छ।' ६
लेन सडकमा मात्र ०६९/७० मा २१, ०७०/७१ मा ३२ र आर्थिक वर्ष सुरु
हुनेबित्तिकै ०७१/७२ मा ६ जनाले ज्यान गुमाएका छन् भने सयौंको अंगभंग भएको
प्रहरीले जनायो।
Home »
National News
» ६ लेनमा राडारगन
६ लेनमा राडारगन
Written By Unknown on Tuesday, 9 September 2014 | 21:04
Labels:
National News


0 comments:
Speak up your mind
Tell us what you're thinking... !