२०७१ भदौ २४ गते
अघिल्लो साता रिलिज भएको फिल्म ‘मेरी कोम’मा नेपाली अभिनेता सुनिल थापाले गरेको अभिनयको बलिउड सिने उद्योगले खुलेर तारिफ गरेको छ ।
नेपाल चर्चित कलाकार थापाको बलिउड पुनरागमन निकै दमदार रहेको र उनले प्रभावशाली अभिनय गरेको भारतीय समिक्षकहरुले टिप्पणी गरेका छन् ।
चर्चित महिला बक्सिङ खेलाडी मेरी कोमको जीवनकथामा आधारित फिल्म हो । सुनिल
थापा मेरी कोमको कडा प्रशिक्षकको भूमिकामा छन्, जसले मेरी कोमलाई ससक्त
तालिम दिन्छन । यो भूमिका उनको फिल्मी करिअरको भिन्न भूमिका हो । आफ्नो
अभिनयका कारण उनले बलिउडका समिक्षकहरुको मन अवश्य पनि जितेका छन् ।
बलिउडका केही चर्चित समीक्षकहरुले सुनिल थापाका बारेमा व्यक्त गरेका विचारहरु यस्ता छन्ः
सुनिल थापालाई पूर्णाङ्क, जसले सजिलोसँग आफ्नो भावनात्मक, व्यवसायिक तथा
तर्कसंगत पाटो प्रस्तुत गरेका छन् । उच्चस्तरीय प्रशिक्षकमा हुनुपर्ने गुण
उनमा दुरुस्तै देखियो । मेरीका अभिभावकको भूमिकामा खेल्ने दम्पतीको हकमा
पनि सोही लागु हुन्छ । बाँकी सबैको सहयोगमा फिल्म कुनै गल्ती कमजोरी विना
नै अघि बढेको छ । – तरण आदर्श, बलिउड हंगामा डट कम ।
मेरी कोमको प्रशिक्षकको रुपमा सुनिल थापा अद्भुत छन् । उनले आफ्नो आशा,
निराशा, त्रास तथा आक्रोसको भावना झल्काएका छन् विभिन्न समयमा, निकै
आश्चर्यजनक रुपमा- कोमल नाहटा, जी इटीसी
मेरीको श्रीमान्को ओनलरको भूमिकामा रहेका दर्शन कुमार, बुवाको भूमिकामा
रहेका रोविन दास र प्रशिक्षकको भूमिकामा रहेका सुनिल थापा निकै उत्कृष्ट
छन् -अनुपमा चोपरा, हिन्दुस्तान टाइम्स
मेरी कोममा निकै उत्कृष्ट सहायक भूमिका छन् । मेरीका अभिभावक, प्रशिक्षक
(सुनिल थापा) देखि श्रीमान दर्शन कुमारसम्म । यसकारण भन्नैपर्छ की मेरी कोम
केवल बक्सिङ सम्बन्धि फिल्म मात्र होइन अरु धेरै हो- सरिता ए तनवार, डिएनए
इण्डिया ।
नेपालका अर्का चर्चित कलाकार सुनिल थापा जसले फिल्ममा पि्रयंकाको
प्रशिक्षकको भूमिका निर्वाह गरे उनले निकै उत्कृष्ट अभिनय गरेका छन्- सौरभ
द्विवेदी, इण्डिया टुडे ।
प्रियंका चोपडाले पात्रको भूमिका निर्वाह गर्न निकै कडा मेहेनत गर्नुपर्यो ।
उनको प्रशिक्षकको भूमिकामा रहेका सुनिल थापा तथा उनको श्रीमानको भूमिकामा
रहेका दर्शन कुमारले आफ्नो तर्फबाट इमान्दार प्रयत्न गरेका छन्- रोहिट
खिलनानी, इण्डिया टाइम्स
मेरीको प्रशिक्षकको भूमिकामा रहेका सुनिल थापाले आक्रामकता, वर्चस्व र
सहानूभूतिको सम्मिश्रण प्रस्तुत गरेका छन्- प्रथमेश जादव, इण्डिया डट कम
मेरीको कोचको रुपमा सुनिल थापाले चकित पारेका छन् । उनी यस्ता अभिनेता हुन्
जसले आफ्नो आँखाको अभिव्यक्तिले धेरै कुरा बोलिरहेका हुन्छन्-आर एम
विजयकर, इण्डियावेस्ट डट कम
फिल्मका हरेक दृश्यमा पि्रयंका हावी भएपनि उनका प्रशिक्षक सुनिल थापा र
श्रीमान दर्शन कुमारले आफ्नो इमान्दारीपूर्ण प्रदर्शनका कारण उपस्थिति बोध
गराएका छन्- रेडिफ डट्कम


0 comments:
Speak up your mind
Tell us what you're thinking... !