Headlines News :
>
Home » » सुटुक्क विदेश जान लागेपछि खुस्बु ओली प्रहरी निगरानीमा

सुटुक्क विदेश जान लागेपछि खुस्बु ओली प्रहरी निगरानीमा

Written By Unknown on Monday, 8 September 2014 | 21:56


प्रहरी ‘इन्काउन्टर’मा मारिएका काठमाडौंका कुख्यात गुण्डा दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुस्बु ओली विदेश जान लागेको थाहा पाएपछि प्रहरीले निगरानी बढाएको छ । ‘चरी’को हत्यापछि एकाएक प्रेमिकाको रुपमा मिडियामा सार्वजनिक भएकी खुस्बु सम्पत्ति छानबिन हुन थालेपछि सुटुक्क बेलायत जान लागेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको हो । उनलाई विदेश जानबाट रोक्न विमानस्थल प्रहरीलाई आदेश दिइएको अपराध अनुसन्धान महाशाखा स्रोतले जनाएको छ ।
‘चरी’ले जबर्जस्ती असुलेको रकम खुस्बुको नाममा लुकाएको हुनसक्ने आशंकामा प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन थालेको छ । खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गत वर्षसम्म महाराजगन्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै एक करोड रुपैंयामा घर किनेकी थिइन् ।
प्रहरीका अनुसार, खुस्बुले कयौं मानिसबाट सापटी स्वरुप पैसा लिएको र अहिलेसम्म नबुझाएको उजुरीसमेत प्रहरीमा परेको छ ।
अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार, चरीको आर्थिक पाटोको विषयमा अनुसन्धान भइरहेकाले उनको प्रेमिकालाई समेत निगरानीमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रहरीले चरीसँग भेटिएको आइफोनका आधारमा उनको कनेक्सन खोतली रहेको छ । काठमाडौंका चर्चित डन चरी गत महिना प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar