Headlines News :
>
Home » » भारत र पाकिस्तानमा बाढी :३ सय ५० भन्दा बढीको मृत्यु

भारत र पाकिस्तानमा बाढी :३ सय ५० भन्दा बढीको मृत्यु

Written By Unknown on Monday, 8 September 2014 | 22:03


bidesh
पाकिस्तानको बजिरावादमा बाढीमा फसेका बालबालिकाको उद्धार गरिँदै,
भारतको श्रीनगरमा सडकमा जमेको पानीबाट सुरक्षित स्थलतर्फ जाँदै स्थानीय बासिन्दा ।
नयाँदिल्ली (एएफपी), भाद्र २४ - भारत र पाकिस्तानमा बाढीबाट जोगिन प्रभावित क्षेत्रका बासिन्दा सोमबार पनि घरको छतमा जम्मा भएका छन्।
 कश्मीरस्थित दुवै देशको सीमा आसपास र पाकिस्तानको पन्जाब प्रान्त प्रभावित छन् । त्यसको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी आइसकेको छैन। दुवै देशमा गरी तीन सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं घरबारविहीन भएका छन्। फोन लाइन काटिएका छन्, सडक बन्द छन्। त्यस क्षेत्रका सबैजसो गाउँ डुबानमा परेका छन्।
भारतको कश्मीरमा पौडीबाजहरूको समूहले मानिसलाई सुरक्षित स्थलमा जान सहयोग गरिरहेका छन्। गाडी र पशु बगेका छन्। स्थानीय बासिन्दा घरको छतमा चढेर सहयोगका लागि हात हल्लाइरहेको देखिएको छ।
प्रकोप निवारण अधिकारीहरूले अत्यधिक वषर्ाका कारण भारततर्फ कम्तीमा तीन सय ५० गाउँ डुबेको जनाएका छन्। ५० वर्ष यताको यो सबैभन्दा घातक प्रकोप भएको उनीहरूको भनाइ छ। सैनिक, प्रहरी र उद्धारकर्मी हेलिकप्टर र डुंगाको सहयोगमा कश्मीर उपत्यकाका दुवैतर्फ छरिएका छन्। उनीहरूले मन्डी, पाल र अत्यावश्यक सामग्री उपलब्ध गराइरहेको भारतीय अधिकारीहरूले जनाएका छन्। हालसम्म पाँच हजार एक सय ८३ जनालाई उद्धार गरिएको र राहत वितरण व्यापक बनाइएको छ ।
भारतको राष्ट्रिय प्रकोप नियन्त्रण बलका महानिर्देशक ओपी सिंहले केही क्षेत्रमा पानी
जमेको र हवाई मार्गबाट मात्र पुग्न सकिने बताए। कति जना, कहाँ अड्केका या एक्लिएका छन्, स्पष्ट जानकारी नआएको उनले जनाए। झेलम नदीले श्रीनगरको ठूलो भागलाई प्रभावित बनाएको छ, आइतबारदेखि त्यस क्षेत्रको सञ्चार सम्पर्क अवरुद्ध छ। श्रीनरको मुख्य अस्पताल, सैनिक ब्यारेक र उच्च अदालतका भवन प्रभावित भएको सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। त्यस क्षेत्रमा सोमबार वषर्ा भएन, आगामी केही दिनसम्म न्यून वषर्ा हुने अनुमान मौसमविद्हरूको छ। बाढीमा परी मर्नेको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरूको छ। मृतक संख्या थप एक सय ५० हुन सक्ने भारतीय राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीले बताए।
पाकिस्तानमा दुई सय पाँच जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। त्यसमध्ये पन्जाब प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। राष्ट्रिय विपत्ति व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर, सेना र आपत्कालीन उद्धारकर्मी तैनाथ गरिएको जनाएको छ। पन्जाबमा एक सय ३१ जनाको मृत्यु भएको छ भने दुई सय ७३ घाइते छन्। पाकिस्तानका पाँच सय ५६ गाउँ प्रभावित भएका छन्। पाकिस्तान प्रशासित कश्मीरमा ६३ जनाको मृत्यु र एक सय पाँच घाइते भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। त्यस क्रममा उनले उद्धार अधिकारीहरूसँग भेट गरेका थिए। यो राष्ट्रियस्तरको प्रकोप भएको मोदीले बताए। पाकिस्तानी समकक्षी नवाज सरिफलाई पत्र लेख्दै मोदीले बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा उद्धार सहयोगको प्रस्ताव राखेका छन्। पत्रमा उनले भारतले पाकिस्तानको आवश्यकताको समयमा स्रोत-साधन उपलब्ध गराउने बताएका छन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar