Home »
Discovery
» इङलिस गीतमा नाच्दा ९१ कोर्रा र एक वर्ष जेल ! (भिडियो सहित)
इङलिस गीतमा नाच्दा ९१ कोर्रा र एक वर्ष जेल ! (भिडियो सहित)
Written By Unknown on Saturday, 20 September 2014 | 03:51
काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बिदेशी सस्कारले खुबै गाँजेको छ ।
यहाँ ठूलठूला पार्टीहरुमा इङलिस र हिन्दी गीतसंगीतमा नाच्ने र त्यस्तै फेसन
गर्ने कुरा त सामान्य भइसकेको छ ।
इरानमा भने ६ जना युवाहरुलाई अमरीकी गायक फेरेल विलियम्सको गीत ‘ह्याप्पी’
को धुनमा नाचेकोमा दोषी ठहर गर्दै ९१ कोर्रा र एक वर्ष जेल सजाय सुनाइएको छ
।
इरानका ६ जना युवायुवती अमेरिकी गायक विलियम्सको धुनमा नाचेको भिडियो
सार्वजनिक भएपछि त्यहाँको प्रशासनले उनीहरुलाई उक्त सजाय सुनाएको बीबीसीले
उल्लेख गरेको छ ।
उनीहरुको सजाय भने तीन वर्षका लागि थाँती राखिएको छ । तीन वर्षमा उनीहरुले
यस्तै क्रियाकलाप देखाएमा उक्त कारबाहीको भागिदार हुनुपर्नेछ ।
ईरानमा महिला र पुरुष सँगै नाच्नु र महिलाले बुर्का नलगाई बाहिर निस्कनु
इस्लामिक कानुनको उल्लंघनको रुपमा लिइन्छ । ‘ह्याप्पी वी आर फ्रम तेहरान’
भन्ने उक्त भिडियो युट्युबमा १० लाख भन्दा बढीले हेरिसकेका छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !