Headlines News :
>
Home » » मलेसियाली मन्त्रीले नेपाली कामदार भेटे

मलेसियाली मन्त्रीले नेपाली कामदार भेटे

Written By Unknown on Friday, 5 September 2014 | 19:56


Malesian_Minister

क्वालालम्पुर, भाद्र २१ - मलेसियाली मानवसंशाधन मन्त्री दातुक रिचर्ड रियट जइमले बिहीबार जोहोरबारुस्थित जेसिवाई एचडीडी टेक्नोलोजी कम्पनीमा कार्यरत नेपाली कामदारलाई भेटेका छन् । उनले नेपाली कामदार बस्ने होस्टलको अवलोकनसमेत गरे । कम्पनीमा गत अगस्ट २१ देखि नेपालीलगायतका कामदार विभिन्न माग राख्दै आन्दोलित छन् । मन्त्री जइमले नेपालीलगायत विदेशी कामदारको बसाइँ अवस्था र समस्याबारे चासो राखेको नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । उनका अनुसार जइमले कम्पनी व्यवस्थापनलाई भेटी होस्टल व्यवस्थित बनाउन र सुपरभाइजर नेपाली राख्न सुझाएका थिए ।
जइमले कम्पनी र कामदार सम्मिलित संयुक्त समिति गठन गरेर अघि बढ्न सुझावसमेत दिए । उनले १६ लाख कानुनी हैसियतका विदेशी कामदारको हेरचाह हुनुपर्ने बताए । र उनीहरूबाट नराम्रो हुन नदिन त्यसो गर्नु महत्त्वपूर्ण हुने औंल्याए । मन्त्री र नेपाली राजदूतसितको भेटपछि कम्पनीपक्षले पन्ध्र सय कामदारका लागि १ वर्षभित्रै नयाँ होस्टल निर्माण गर्ने प्रतिबद्धता जनाएको बस्न्यातले बताए । केही साताअघि नेपालको औपचारिक भ्रमणसमेत गरेका मन्त्री जइमले कामदार बाहुल्यताका आधारमा सुपरभाइजर नियुक्त गरे समस्या सुल्झाउन सजिलो हुुने बताए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar