बेलायतका आधा युवतीहरुले महिलाको गुप्तांग (योनी) चिन्न नसक्ने एक अध्ययनले
देखाएको छ । महिलामा हुने क्यान्सर विरुद्ध अभियान चलाइरहेको बेलायतको
च्यारिटी संस्था दी इभ अपिलले गरेको सर्भेमा २६ देखि ३५ वर्ष उमेर समूहका
पचास प्रतिशत महिलाले योनी चिन्न नसकेका हुन् ।१ हजार जना महिलामा गरिएको सर्भेक्षणका क्रममा महिला प्रजनन प्रणालीको चित्र देखाएर त्यसमा योनीको भागमा चिनो लगाउन भनिएको थियो । त्यस क्रममा केबल आधा जसोले मात्र योनीको भाग चिन्न सके भनेर अरु आधाले चिन्न सकेनन् ।
सर्भेक्षणका क्रममा १६ देखि २५ वर्ष उमेरका एक तिहाइ महिला लाजका कारण विभिन्न खाले यौन समस्या हुँदा पनि डाक्टरकहाँ नजाने गरेको पाइयो ।
त्यस्तै २० प्रतिशतलाई पाठेघर, डिम्बासय, योनी, भल्भा तथा पाठेघरको मुखको क्यान्सरको एउटा लक्षण पनि जानकारी छैन ।
त्यस्तै ४० प्रतिशतले योनी शब्द उच्चारण नगर्ने र त्यसको साटो लेडी पार्टस् तथा उमन बिट्स जस्ता कोड शब्द प्रयोग गर्ने गरेको पाइएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !