Headlines News :
>
Home » » यो समाजमा खुस्बु ओली अनि अन्जु पन्त

यो समाजमा खुस्बु ओली अनि अन्जु पन्त

Written By Unknown on Monday, 8 September 2014 | 00:36

हुन त म हिन्दु धर्मको पृष्टभुमि वाटनै आएको हु, साथसाथै सवै धर्मालम्बीहरुलाई उक्तिकै सम्मान पनि गर्छु । पछिल्लो अवधिमा त  झन पर्यटन क्षेत्रमा लागेको छु, थोर वहुत वौद्ध धर्र्म र वुद्धलाई वुझ्ने प्रयत्न पनि गर्दैछु जहा हामि वौद्ध धर्मालम्वीहरुलाई आफ्नो आराध्यदेवता को जन्मथलो लुम्वीनि घुमाएर अथाह पैसा आर्जन गर्ने सम्भावना पनि जिउका तिउ छ ।

अनि इसाईहरुले देखाएको विस्व विकासको मोडलमा त झनै प्रभावित पनि छु, भने इस्लाम हरुको एकता र ढृडतालाई त सलामनै गर्दछु । यसको अर्थ हामि सवै लाई उत्तिकै रुपमा मान्दै आएकौ छौ भलै हामि कुनै धर्मलाई किन नअगालौ ।

पछिल्लो एक महिना साउन सकि भदौ लाग्दै गर्दा श्रावणको व्रत सगै शुरु भएको एक नारीको चर्चा सेलाउन नपाउदै अर्कि नारी चर्चामा छिन एक हुन खुस्वु ओली र अर्कि हुन अन्जु पन्त । सर सर्ति हेर्दा यि दुवै नारी योग्यता र क्षमता हेर्दा दुवै स्वावलम्वी पनि छन् र मनग्य नाम र दाम दुवै कमाई रहेका नारी मा पनि पर्छन् यिनको स्वभाव देख्दा दुवै समाजलाई कुनै न कुनै रुपमा सेवा गर्ने मध्यकै पर्दछन् पनि। खैर कुनैले कालान्तरमा सेवा गर्न सक्ने सम्भावना पनि राख्लान् ।

तर हाम्रो समाज, ति नारीले सोचेको समाज भन्दा ज्यादै भिन्न छ यस अर्थमा भन्दा हामि अझै पृर्तसतात्मक समाजको धगंधगिमा रमाईरहेका छौ। अर्थात कुनै महिला अलि अगी सरेर कुनै साहसिक र भिन्न प्रकृतिको काम गरे भने अझै पनि हाम्रो समाज धेरै तल गिरेर आरोप प्रत्यारोपमा गएको पाईन्छ, यहि स्वरुपको पहिलो सिकार थिईन खुस्वु ओली ।
हो खुस्वु ओली यो समाजको अपवाद हुन, तर यो समाजको राम्रो पहल कदमी लिने र सकरात्मक सोच्ने महिला पनि हुन, भलै उ माथि लगाएका आर्थिक आरोप प्रत्यारोपमा म पस्न चाहान्न। सरसर्ती हेर्दा यस समाजका अपराधी थिए दिनेश अधिकारी चरी, धेरै अनुसन्धान रिर्पोटले पनि त्यसै भन्दछ र तर एउटा समाजको अपराधिको प्रेमिका भएर यो पुरुष वादि समाजमा जुन कुराको वकालत गरीन् यिनले,चरीको गैर न्यायिक हत्याको वारेमा साच्चिकै प्रशंसनिय छ ।

साचो अर्थमा भन्दा उनि पश्चिमि सभ्यतामा आफ्नो औपचारीक अध्ययन गरीन्, थोर वहुत पश्चिमिकरणको केही रुप र आशयका अभिव्यक्ति दिईन पनि होला, तर यस समाजले खुस्वु जस्ता नारी कुन रुपमा हेर्यो तपाई हरुलाई नै थाहा छ ।

अर्थात यो समाजको कोही आर्थीक रुपमा वलियो छ र कुनै साहसिक काम गर्ने महिला र आर्थिक रुपमा कमजोर र सामाजिक रुपमा एकल भेट्यो भने यो पुरुष वादिसमाजमा यो समाजका क्रमश वेश्या र वोक्सी हुने गर्छन्, साचिक्कै यो स्वरुपले साचो अर्थमा महिला ससक्तीकरणमा केही गर्ने वाला छैन, अझ खुस्वुको सन्र्दभमात कर्यौ महिलाको लेख हरु छापिएका थिए खूस्वुलाई गलत प्रमाणित गर्दै यसले हाम्रो नेपाली समाजलाई कहि पुर्याउदैन । उहि तपाईहरुलाई पुनः चुलो चौकोमा फर्काउनेछ। अनि हामि जस्तो पुरुषको दास पनि वनाउनेछ । भलै तपाईको सम्पन्नताले भौतिक दास नवनाएपनि साचो अर्थमा मनोवैज्ञानिक दास वनि रहनुहुनेछ ।khusbu-anju
पछिल्लो केहि दिन चर्चामा छन्, वेला वेलामा यहि समाजले चर्चामा ल्याईदिने श्रष्टा अनि सुरीलो स्वरकी धनि गायीका अन्जु पन्त । यिनको वारेमा त भन्नुनै केहि छैन कुन गित गाउने र कुन गित नगाउने श्रष्टाको रोजाईमानै भर पर्छ नकि दवावले गाएको गितमा नै साचो अर्थमा त्यो गित वन्नेछ, न धेरै ले नै मन पराईनेछ ।

जताततै एकिकृत प्रणालि विकास भएको अवस्थामा गायिका को अरुचिले त्यो गित पक्कै पनि राम्रो हुने थिएन, एउटा कुनै गित अस्विकार गर्यो भन्दै मा यो वादि र त्यो वादि को आरोप लगाउनु पक्कै पनि यो समाजलाई राम्रो गर्दैन ।

महिला लाई पछि धकेल्नु भनेको हामि सवैको एक पुस्ता कमजोर वनाउनु पनि हो, यी र यस्ता गतिविधिले हाम्रो धार्मिक सहिष्शुणतालाई कमजोर पारी फेरी नभएको र वारम्वार भनिआएको निम्ताईको गृह युद्धमा फर्कनु नै हो । तसर्थ यस्ता कुरामा हामि हौसिएर भन्दा नि सयंयित भएर हाम्रो एकता लाई मजवुद राख्रनु नै वुद्धिमानि हुनेछ ।

लेखक बिगत लामो समय देखि टूरिजम क्षेत्रमा कार्यरत छन |
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar