एजेन्सी । सामान्यतया हाम्रा आँखाले
बिभिन्न अनौंठा तस्बिरहरु देख्ने गरेका छौं तर बिश्वमा यस्ता तस्बिर पनि
छन् जुन तस्बिरले तपाईले मन निकै नै छुन्छ । बिभिन्न देशका फोटोग्राफरहरुले
विगतमा संसारका बिभिन्न बिषयमा केही यस्ता तस्वीर खिचेका छन्, जसले भोक,
त्रास तथा ऐतिहासिक पलको दुनियाँ सामु व्यक्त गरेका हुन्छन् । हामीले
तपाईसामु दश यस्ता तस्वीर प्रस्तुत गर्दैछौँ जसले दर्दनाक घटना तथा
प्रकोपलाई दुनियाँसामु प्रष्ट पार्छन् । यो तस्वीर प्रस्तुत गर्नु तपाईलाई
दुखी बनाउने हाम्रो उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने हाम्रो
मान्यता रहेको छ ।
१. बौद्ध भिक्षुको आत्मदाह (१९६३)
यस तस्वीरले पूरै दुनियाँलाई शोक सन्तप्त
बनाईदियो । यहाँ बौद्ध भिक्षु दक्षिणी भियतनाममा अमेरिकी युद्दको विरोध
गरिरहेका थिए । भिक्षुले आफैले आफुलाई आगो लगाए । अचम्मको कुरा के छ भने
शरीरमा आगो लाग्दै गर्दा उनी न चिच्याए न त जलुञ्जेल हल्लिए नै । उनले
चुपचाप आत्मदाह गरे ।
२. इराक युद्ध (२००३)
एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा
भेट्न आए । उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको
हतकडी देखेर डराए । कैदीले सैनिकसँग अपिल गरे कि आफ्नो हतकडी खोलियोस् र
आफुले बच्चालाई मायाले समाउन पाउँ । अन्तत: सैनिकले कैदीको आग्रह मानेर
हतकडी खोलिदिए।
३. भोपाल ग्याँस काण्ड (१९८४)
भोपाल ग्याँस काण्ड दुनियाँको सबैभन्दा
ठूलो औद्योगिक घटना मध्ये एक हो । भारतको मध्य प्रदेशको राजधानी भोपालमा
भएको उक्त त्रासदीमा पच्चीस हजारभन्दा बढि मानिस प्रभावित भएका थिए । यो
तस्वीर सोही घटनाको हो । घटनास्थलमा एक बच्चाको शरीर फेला पर्यो । ग्याँस
का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए ।
४. पहिलो कालो विद्यार्थीलाई निकाला (१९५७)
नर्थ कैरोलिनाको हैरी हार्डिंग हाई
स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट (कालो वर्णकी
विद्यार्थी) थिईन् । स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यवहार भयो ।
आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट
निकाला गरिएको थियो । तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक
उडाईरहेका छन् ।
५. भूकम्पले आमाकै अगाडि पाँच बच्चाको ज्यान लियो (१९८३)
सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडि ज्यान लिएको थियो । यो तस्वीरले बताउँछ कि उनलाई कति पीडा भईरहेको छ ।
६. आफ्नै सैनिकले नागरिकमाथि बम प्रहार
कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन् । दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथि बर्सियो । ईलाकामा भागदौड मच्चियो । भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।
७. ज्वालामुखीपछि हिलोमा फसेकी आमयरा सांजेच (१९८५)
कोलम्बियाको आर्मिरोमा सन् १९८५ मा
ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो । आमयरा सांजेच १३ बर्सकी
थिईन् । उनी हिलोमा फसेकी थिइन् । आफ्नो घर बर्बाद भएपछि पनि उनी तीन
दिनसम्म हिलोमा नै गाडिएकी थिइन् । फ्रेंक फार्नियर यो तस्वीर लिएका थिए ।
यसै तस्वीरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो ।
केही दिनपछि आमयराको मृत्यु भयो ।
८. स्पाइना बिफिडाको सफल अप्रेशन
यो तस्वीर सन् १९९९ को हो, जब डक्टर्सले
स्पाइना बिफिडाको सफल अप्रेशन गरेका थिए । यो एक प्रकारको डिसअर्डरको जसमा
बच्चाको स्पाइनल कड पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन ।
स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकालेपछि बच्चाको हड्डीको विकास
हुँदैन ।
९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (१९७५)
सन् १९७५ मा यो दर्दनाक तस्वीर क्यामरामा
कैद भएको थियो । घरमा आगो लागेपछि आमा र बच्चाले झ्यालबाट हाम फाले ।
माथिल्लो तलामा रहेका उनीहरु जर्ने भरयाङ समेत जलिसकेको थियो । भूईँमा
पछारिएर आमाको मृत्यु भयो । बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका
थिए ।
१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्ध
यो तस्वीरलाई अवार्ड मिलेपछि यसको
फोटोग्राफरले आत्महत्या गरे । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको
पर्खाईमा छ यो गिद्ध । यो तस्वीरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !