Headlines News :
>
Home » » कन्डम फुटे के गर्ने ?

कन्डम फुटे के गर्ने ?

Written By Unknown on Tuesday, 9 September 2014 | 17:36

पुरुषको सन्दर्भमा वीर्य स्खलन हुने हाराहारीमा उसले चरमसुख प्राप्त गर्छ, तर महिलाको सन्दर्भमा उनले यौन चरमसुख प्राप्त नगरे पनि गर्भ रहन सक्छ। तपाईंले पत्रमा रगत आएको कुरा गर्नुभएको छ। यदि त्यो पहिलो यौनसम्पर्क थियो भने योनिच्छद च्यातिएर रगत आएको हुन सक्छ। महिनावारीमा पनि रगत आउने भएकाले त्यस्तो बेला परेको हो-होइन, पक्का हुनुहोस्।

कन्डम फुटे के गर्ने ?

विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ। युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं। केही जानकारी भए पनि आवश्यक सीप नहुन सक्छ। त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ। कन्डम प्रयोग गरिएकाले तपाईं तथा तपाइर्ंको साथीमा केही सजगता देखिन्छ। कन्डम फुटेको स्थितिमा कन्डमले काम गर्ने कुरा भएन, अर्थात् यौनरोगको संक्रमण हुने वा गर्भ रहने सम्भावना हुन्छ।

सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा कन्डम फुट्न सक्छ। कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला। कन्डम फुट्दा दुवै व्यक्तिमा चिन्ता हुनसक्छ। त्यस्तो स्थिति उत्पन्न भए के गर्ने ? केही चर्चा गरौं।
कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ। यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ।
वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ।
कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ। आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ।

के केटी साथी गर्भवती छिन् ?

गर्भ रहन १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा आवश्यक छ। सामान्यत: महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ। डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी प्रारम्भ हुन्छ। यदि महिनावारी ढिलो-चाँडो भए यी दिनहरू पनि फरक पर्न सक्छन्। यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको छ भने, २८-१८ . १० हुन्छ, अर्थात् दसांैं दिनदेखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। ३०-११ . १९ हुन्छ, अर्थात् १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। तपाईंले आफ्नी साथीको महिनावारीको कतियौं दिनमा कण्डम फुट्ने उक्त घटना भयो पत्रमा उल्लेख गर्नुभएको छैन। जे होस्, तपाईंले स्थिति बुझ्नु नै भयो होला।

अब के गर्नुपर्ला ?

सर्वप्रथम यौनसम्पर्क असुरक्षित भएको स्थितिमा गर्भ रहनबाट जोगिन आकस्मिक गर्भनिरोधको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुन्छ।
गर्भ नरहोस् भनेर निलोकन चक्की आपत्कालीन गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। ४ चक्कीको पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) खाइसक्नुपर्छ र दोस्रो मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ। अचेल आकस्मिक गर्भनिरोधका लागि प्रोजेस्टेनरोनयुक्त औषधी ओके र इकोन पनि उपलब्ध हुन थालेको छ। त्यसैगरी कपर टीको प्रयोग यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भनिरोधका रूपमा गर्न सकिन्छ।
सम्भावना थोरै वा धेरै जे भए पनि गर्भ रहे-नरहेको पक्का गर्नु नै महत्त्वपूर्ण हुन्छ। तपाईंकी प्रेमिका गर्भवती छिन्- छैनन्, पक्का गर्ने भरपर्दो उपाय पिसाब परीक्षण गराउनु हो। यदि गर्भ नरहेको स्थिति हो भने गर्भलाई निरन्तरता नदिने विषयमा पीर गर्नैपरेन। गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने तपाईंहरू दुवैले राम्रोसँग सल्लाह गरी निर्णय लिनुपर्छ। त्यसपछि नेपाल सरकारको सुरक्षित गर्भपतन सेवा केन्द्रमा गै सेवा लिन सकिन्छ।

रोकथाम किन नगर्ने ?

तपाईंलाई थाहै हुनुपर्छ, अहिले नेपालमा सुरक्षित गर्भपतनको कुरा निकै चर्चामा छ। मुख्य कुरा त अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधनको समुचित प्रयोगले त्यस्तो अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका कुअसर नगण्य छन्, तर कहिलेकाहीं थोरै नै भए पनि गर्भनिरोधका साधनको नकारात्मक प्रभावलाई आवश्यकताभन्दा बढी चर्चा गरिन्छ जुन दु:खलाग्दो छ। तपाईंहरूबीच नियमित रूपमा यौनसम्पर्क हुन्छ भने आफूहरूलाई मिल्दो गर्भनिरोधको साधन प्रयोग गर्न सक्नु हुन्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar