युक्रेनको पूर्वी क्षेत्र डोनेत्स्कमा दुर्घटनामा परेको मलेसियन एयरलाइन्सको एमएच १७ सँग हावामा धेरै वस्तु ठोक्किएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । नेदरल्यान्डका अनुसन्धानकर्ताहरुको सुरक्षा बोर्डले पेश गरेको रिपोर्टअनुसार विमान दुर्घटनामा कुनै प्राविधिक र मानवीय गल्तीको प्रमाण नभेटिएको उल्लेख छ ।
सम्भवत हावामै विमान अत्याधिक गतिमा आएको वस्तुसँग ठोक्किएको रिपोर्टमा उल्लेख छ । अनुसन्धानकर्ताहरुले विमानको ब्लाक बक्स, एअर ट्राफिक कन्ट्रोल, सेटेलाइट तस्वीर र घटनास्थलमा प्राप्त तस्वीरको आधारमा प्रारम्भिक रिपोर्ट तयार पारेको जनाएका छन् ।
गत जुलाई १७ मा नेदरल्यान्ड्सको एम्सटरडमबाट क्वालालाम्पुरलाई उडेको उक्त विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार २ सय ९८ जना सबैको मृत्यु भएको थियो ।
विमानलाई पूर्वी युक्रेनमा सक्रिय रुस समर्थित पृथकतावादीले खसालेको युक्रेनी सरकारको दाबी थियो । तर, पृथकतावादीहरुले भने आरोप अस्वीकार गरेका थिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !