नारी करुणा र दयाकी खानी हुन् । तर,
महिलाकै कारण कुनै पुरुष कतिसम्म पीडित र विक्षिप्त बन्न सक्छ भन्ने एउटा
ज्वलन्त उदाहरण बनेको छु ।
५० वर्षीय म २५ वर्ष अर्थात् सन् १९८९ देखि अमेरिकामा बस्दै आएको छु ।
नेपालमा घर तनहुँ हो । एउटी महिलाले आफ्नो स्वार्थपूर्तिका लागि कुनै
पर-पुरुषलाई होइन, सँगै मर्ने र सँगै जिउने कसम खाएको श्रीमान्लाई जेलमा
सडाउन खोज्नेसम्मको हर्कत गरेकी छन् । कुनै श्रीमान् सफल हुनुका पछाडि
श्रीमतीको ठूलो हात हुन्छ । तर, मिचिगन राज्यमा स्वयं सफल व्यावसायिक जीवन
बिताउँदै आएको म अहिले आफ्नै श्रीमतीका कारण घर न घाटको अवस्थामा पुगेको छु
।
अमेरिकी मूलकी युवतीसँग विवाह गरेको थिएँ । तर, सन् २००५ मा क्यान्सर रोगका
कारण उनको निधन भयो । केही समयपछि क्यालिफोर्निया बसोबास गर्दै आएकी
नेपाली मूलकी ५० वषर्ीया कल्पना घिमिरेसँग विवाह गरेँ । काठमाडौंको चाबहिल
घर भएकी, तीन छोरीकी आमा कल्पना पूर्वपतिसँग सम्बन्धविच्छेद गरेर अमेरिकामा
बस्दै आएकी थिइन् । हाल उनकी जेठी छोरी प्रजिता ज्ञवालीको नेपालमै विवाह
भइसकेको छ । बस्नेत थरका युवासँग विवाह गरी अहिले उनी कल्पनाकै घरमा बस्दै
आएकी छन् । यता, कल्पना दुई छोरीका साथ अमेरिकामा बस्थिन् । उनीसँग पहिलो
भेट व्यापारको सिलसिलामा सन् २००६ मा भएको हो । वैधानिक रूपमा बसोबास गर्दै
आएको मसँग कल्पनाको विवाह स्ट्याटस प्राप्तिका लागि मात्र थियो भन्ने कुरा
त्यसयताका घटनाक्रमले पुष्टि गरेका छन् ।
विवाहपछि कल्पनाका दुई छोरीलाई पनि आफ्नै छोरीसरह स्विकार्दै आफूसँगै
राखेको थिएँ । विवाहपछि गि्रनकार्ड बनाउन उनले आफ्नो नाममा सम्पत्ति देखाउन
आवश्यक थियो । मैले सामाजिक परम्पराअनुसार विवाह गरेर भित्र्याइसकेको,
अगाध माया र स्नेह गर्ने भएकाले गि्रनकार्ड बनाउन आफ्नो सम्पत्ति नामसारी
गर्न कन्जुस्याइँ गरिनँ । नामसारी गर्न मलाई उनै कानुन व्यवसायी खगेन्द्र
जिसीले सुझाएका थिए । त्यसबीच कल्पना नेपाल गइन् । यस्तै विविध कारण उनको
गि्रनकार्ड बन्न केही ढिलो भयो । पछि खगेन्द्रले उनको रेखदेखका लागि पनि
कल्पनाको सहयोग आवश्यक पर्ने अनिवार्य अवस्था देखाएर मलाई मेरो मानसिक
सन्तुलन ठीक नभएको मेडिकल रिपोर्ट बनाउन लगाए । कानुन व्यवसायीको सल्लाह
मान्दै आफू ठीक हुँदाहुँदै पनि कल्पनाको गि्रनकार्डकै लागि आफ्नो मानसिक
सन्तुलन ठीक नभएको रिपोर्टमा सही छाप गरें । त्यसक्रममा मलाई मानसिक
सन्तुलन ठीक नभएको उपचारका लागि औषधिसमेत ल्याइयो ।
यसरी केवल गि्रनकार्डकै लागि एउटा सद्दे मानिसलाई कानुनी रूपमै पागल भएको पुष्टि गराइयो । र, गि्रनकार्ड बनाइयो ।
सम्पत्तिसमेत कल्पनाको नाममा गरिदिएपछि कानुनी रूपमै पनि सम्पत्तिको भोगचलन
गर्नबाट वञ्चित बनेँ । त्यसयता सम्पत्तिको भोगचलन आफूखुसी कल्पनाले गर्दै
आएकी थिइन् । उनले नेपालमा रहेका पूर्वपति बुद्धिप्रसाद ज्ञवालीसँग
सम्बन्धविच्छेद गरेको अमेरिकामा गि्रनकार्ड बनाएर बस्ने निहित उद्देश्यका
लागि मात्र रहेछ । अहिले पनि पूर्वपतिसँग सम्बन्ध सुमधुर नै छ । मसँग बिहे
गरेपछि नेपाल जाँदा पनि उनै पूर्वपतिसँग बसेकी थिइन् । नेपाल गएका बेला
एयरपोर्टमा लिनसमेत उनै बुद्धिप्रसाद गएको हुनाले त्यो सम्बन्धविच्छेदको
कुनै औचित्य नरहेको बुझिन्छ ।
यतिसम्म पनि ठीकै थियो, त्यसपछि खगेन्द्रकै सल्लाहमा मविरुद्ध जे-जस्तो कदम
चालिन्, त्यसले एउटी महिला सम्पत्तिका लागि कतिसम्म क्रूर र निर्दयी बन्न
सक्छिन् भन्ने स्पष्ट हुन्छ । विवाह भएको केही समयपछि तीन महिनाको गर्भपतन
भयो । के निहुँ पाउँ भनेर बसेका उनीहरूका लागि यही एउटा गतिलो निहुँ बन्यो ।
र, खगेन्द्रकै सल्लाहमा गत वर्ष कल्पनाले मविरुद्ध घरेलु हिंसाको अभियोगमा
मुद्दा दायर गरिन् । कल्पनाका दुई छोरीलाई समेत आफ्नै छोरीसरहको व्यवहार
गर्दै आएको मैले उनीहरू कसैलाई कहिल्यै दुव्र्यवहार गरेको छैन । गर्भपतन
हुनुमा पनि मेरो कुनै कसुर थिएन । तर, म आफ्ना कुरा व्यक्त गर्न सक्ने
हैसियतमै छैन । किनकि मलाई उनीहरूले यसअघि कानुनी रूपमै मानसिक सन्तुलन
गुमाइसकेको पागल बनाइदिएका छन् । म पागल हुँदै होइन । पूर्णरूपमा स्वस्थ छु
। आफ्नो मानसिक अवस्थाबारे अझै पनि संसारका जुनसुकै अस्पताल र
प्रयोगशालामा जँचाउन तयार छु । तर, मलाई उनीहरूले मेरो मानसिक अवस्था ठीक
नभएकाले घरेलु हिंसा गरेको झुटा आरोपमा फसाउने प्रपञ्च गरिरहेका छन् ।
किनकि, उनीहरूले मेरो मानसिक अवस्था ठीक नभएको पुष्टि गराइसकेका छन् ।
अमेरिकामा महिलाविरुद्धको घरेलु हिंसालाई जघन्य अपराधका रूपमा लिइन्छ ।
कल्पनाका तर्फबाट यो मुद्दामा सम्पूर्ण तारतम्य मिलाउने काम उनै खगेन्द्रले
गरेका छन् । अहिले अमेरिकी अदालतमा जारी यो मुद्दा छिट्टै फैसला हुने
चरणमा छ । पुरुषभन्दा महिलाको बढी अधिकार भएको अमेरिकामा कानुनी रूपमा
चारैतिरबाट पंगु बनाइएकाले निश्चित छ, यदि मेरोविरुद्ध फैसला भएमा
काराबासको सजाय भोग्नुपर्ने हुन्छ ।
त्यसैले देश/विदेशका सञ्चारकर्मी, मानवअधिकारवादीलगायत सम्पूर्ण सचेत
वर्गसमक्ष मेरो पक्षमा आवाज उठाइदिन विनम्र अनुरोध गर्दछु । मैले कुनै
अन्याय गरेकै छैन ।
Home »
International News
» महिलाकै कारण कुनै पुरुष कतिसम्म पीडित
महिलाकै कारण कुनै पुरुष कतिसम्म पीडित
Written By Unknown on Sunday, 7 September 2014 | 23:07
Labels:
International News



0 comments:
Speak up your mind
Tell us what you're thinking... !