काठमाडौं, भाद्र २४ । प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक संविधान जारी हुनेमा आशंका नर्गन आग्रह गरेका छन् । राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निर्मित वीपी कोइरालाको शालिक अनावरण तथा लायन्स नेत्र अध्ययन केन्द्रको वार्षिकोत्सव कार्यक्रममा मंगलबार बोल्दै प्रधानमन्त्री कोइरालाले घोषित मितिमै संविधान जारी हुने र उक्त संविधान पूर्ण रुपमा लोकतान्त्रिक हुने बताए ।
लोकतन्त्रमा विश्वास नराख्ने शक्ति नै संविधान लेखन कार्यमा समावेश भइसकेकाले सबैलाई मान्य हुने संविधान आउने उनको भनाइ थियो ।्
कांग्रेसले वीपी कोइरालालाई बिस्र्यो भन्ने आरोपको खन्डन गर्दै प्रधानमन्त्रीले कांग्रेसले वीपी कोइरालाकै बाटो अवलम्बन गरेको बताए ।
लोकतन्त्र र स्थायित्वका लागि कसैसँग सम्झौता नगर्ने दृढता पनि उनले व्यक्त गरे ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !