विराटनगर, भाद्र २४ - एमाले नेता माधवकुमार नेपालले संघीयता र शासकीय स्वरुपका विषयमा प्रमुख दल र तिनका नेताहरुले अहिलेसम्म गम्भीररुपमा वहस नै नगरेको बताएका छन । यि दुई विषयलाई लिएर हरेक दिन प्रमुख दलका नेता बैठकमा वस्ने गरेपनि विषय वस्तुमा प्रवेश नै नगरी वाहिर निस्कने र जनतालाई ढाँट्ने गरेको नेपालले खुलासा गरे ।
'संघीयता र शासकीय स्वरुपका विषयमा अहिलेसम्म प्रमुख दलका नेता वीच पटकपटक भएका छलफल र बैठकमा विषय वस्तुले प्रवेश नै पाएको छैन', प्रेस चौतारी मोरङले स्थापना गरेको पत्रकार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सोमवार नेपालले भने, 'त्यो बैठकमा सवै दलका नेताहरुले आ-आफनो गनथन एकले अर्कालाई सुनाउदै वाहिर निस्कने गर्दै समय विताए ।'
संघीयता र शासकीय स्वरुप वाहेक संविधान निर्माणका अन्य विषयमा प्रमुख दलवीच सहमती भइसकेको उल्लेख गर्दै उनले यी दुई विषयमा प्रमुख दल र तिनका नेता गम्भीर भएर प्रस्तुत नभएको भन्दै विवादित प्रमुख दुई विषयका नाममा हुने छलफल र बैठक पदको बाँडफाँडमै बित्ने गरेको बताए ।
'कुनैपनि दल र तिनका नेताहरुले विवादीत दुई विषयको टुङगो लगाउने पहल नै गरेका छैनन्', नेपालले भने, 'बैठक डाकिन्छ । कसैले मुख नै खोल्दैनन् । आफूलाई फलानो पद चाहिनेलगायतका काम बिनाका गनथन एकले अर्कालाई सुनाउदै बैठक टुङगोमा पुगेन भन्दै वाहिर निस्कन्छन ।'
पछिल्लो समय विवादित विषयलाई टुङ्गोमा पुर्याउन समय थप गर्नुपर्ने एमाओवादी सहित प्रमुख दलको मागलाई नेपालले अर्थहीनको संज्ञा दिंदै भने, 'भएको समयमा व्याक्तिगत स्वार्थमा केन्द्रीत भएर म्याद थप गर्नुपर्छ भन्नु औचित्यहीन कुरा हो ।'


0 comments:
Speak up your mind
Tell us what you're thinking... !