राजधानीबाट सामान भरेर तेस्रो मुलुकका
लागि हिँडेको ट्रकको कन्टेनर थानकोट कट्नासाथ रित्तो भेटिएपछि राज्य
संयन्त्रसँगको मिलेमतोमा अबैध सामानको तस्करीलाई बैधानिकता दिने खतरनाक
घटना अनुसन्धानको दायरामा आएको छ ।
घटना यही भदौ २० गतेको हो । भारतबाट एउटा
ट्रक सामान बोक्ने कन्टेनरसहित वीरगन्ज नाकाबाट नेपाल पस्यो । बेलाबेला
कुनै सरक्षा निकायले स्कर्टिङ गरेझैं गरी सुरक्षाका गाडी अघिपछि हुँदै
काठमाडौं छिर्यो । भोलिपल्टै उक्त ट्रकमा चार हजार केजी चिया भरियो ।
त्यसपछि उस्तैगरी ट्रक बाटो लाग्यो विरगन्जतिर । सुरक्षासमेत दिइएको आभास
पाएपछि प्रहरीको विशेष व्युरोको टोलीले त्यसलाई थानकोटदेखि निगरानीमा
राख्यो । धादिङको गजुरी पुगेपछि त्यसको परीक्षण गर्दा ट्रक उस्तै खाली थियो
तर कन्टेनरमा भन्सारको छापामात्र होइन,कोलकाता हुँदै मलेसियातर्फ निर्वाध
पुग्न सक्नेगरी विमानस्थल भन्सारको पत्र पनि त्यहीं थियो । प्रहरी स्रोतका
अनुसार काठमाडौं आउँदा र फर्कंदा कुनै सुरक्षा निकायकै सहयोग र सुरक्षा
दिएजस्तो देखिएपछि विशेष व्युरोका टोलीले गजुरीमा ट्रक रोकेर खानतलासी
गरेको थियो । त्यस क्रममा ट्रकका ड्राइभर मात्र फेला परे तर उनको साथमा
भन्सारका सक्कली कागजात थिए ।
विमानस्थलमा लोड गरेको सामान नक्खुतिरै
निकालेर खाली कन्टेनर लगेको बयान ट्रक ड्राइभरले दिएका छन् । यो प्रकरणको
अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग हरिहरभवनका निर्देशक कालीप्रसाद
पोख्रेलले कन्टेनर किन खाली गरियो भन्ने खुल्न बाँकी रहेको बताए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !