बाबुमा इबोलाको संक्रमण भएको निराधार हल्ला फैलिएपछि बाराको सिमरास्थित एक विद्यालयले उनका छोराछोरीलाई कक्षा कोठामा छुट्टै राखेर पढाउँदै आएको छ।
गढीमाई नगरपालिकास्थित सिमराका बिलबहादुर श्रेष्ठका २ छोरी र एक छोरालाई स्थानीय एकता पब्लिक बोर्डिङ स्कुलले चार दिनअघिबाट कक्षाकोठामा छुट्टै बेन्चमा अलग्गै राखेर अध्यापन गर्दै आएको हो।
विद्यालय प्रशासनले ती बालिकालाई विद्यालय नपठाउन अभिभावकलाई आग्रहसमेत गर्दै आएको छ।
आजको नेपाल समाचारपत्र लेख्छ, इबोला संक्रमण भएको अफवाह फेलिएपछि छिमेकीहरूले परिवारका अन्य सदस्यहरूमाथि पनि दूर्व्यवहार तथा भेदभाव गर्न थालेका र आफूहरू पीडामा परेको बिलबहादुरले बताए।
अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा खटिएर नेपाल फर्किएको केही दिनमा नै आँख रतो भएपछि परीक्षणका लागि अस्पताल पुगेका बसिलबहादुरमा इबोला संक्रमणको हल्ला फैलिएको थियो।
कंगोबाट आएको थाहा पाएपछि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले उनलाई नेपाल-भारत सीमामा स्थापना गरिएको इबोला हेल्थ डेश्कमा गएर स्वास्थ्य परीक्षण गर्न सल्लाह दिएका थिए।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !