बेलायतले इराकलाई भारी मात्रामा हतियार सामग्री र आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । चरमपन्थी आतंकवादी समूह इस्लामिक स्टेटसँग लड्न त्यस्तो सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।
इराकको सुरक्षाका लागि बेलायत कटिबद्ध रहेको जनाउँदै बेलायती रक्षामन्त्री माइकल फेलनले मेसिनगन, गोला–बारुद जस्ता भारी मात्राका उपकरण पठाउने निर्णय गरिएको जनाएका छन् ।
१६ लाख पाउन्डको हतियार र ५ लाख पाउन्ड रकम सहयोगस्वरुप उपलब्ध गराउने बेलायती रक्षामन्त्री फेलेनको भनाइ छ । फेलेनले आतंकवादी समूह इस्लामिक स्टेटको रवैया चाँडै समाप्त हुने दाबी समेत ब्यक्त गरेका छन् ।
इराक र सिरियाका बिभिन्न सहर कब्जा गरेका इस्लामिक स्टेटको नियन्त्रण रहेका अधिकांश भाग इराक र सिरियाको नियन्त्रणमा आइसकेको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !