Headlines News :
>
Home » » भारतीय गायिकाले गाएको तीज गीत एक चोटि हेरौ- भिडियो सहित)

भारतीय गायिकाले गाएको तीज गीत एक चोटि हेरौ- भिडियो सहित)

Written By Unknown on Thursday, 21 August 2014 | 03:35

काठमाडौ । केही वर्ष भयो भारतमा बस्ने नपालीहरुले तीज कार्यक्रममा नेपाली कलाकारलाई निम्तो दिन थालेको छ ।
नेपाली गायक गायिकाको स्वर सुनेर दिल्ली, मुम्बई लगायतका स्थानमा स्टेज कार्यक्रममा तीजको गीतमा छमछमी नाचेका नेपालीहरुले अब भारतीय गायिकाको स्वरमै तीज गीत सुन्न र नाच्न पाउने भएका छन् ।
नेपाली मुलकी भारतीय गायिका पूणिर्माले तीज गीतमा स्वर दिएकी छिन् यसपाली । शंकर लामिछानेको संगीतमा ‘आफु पनि नाचिन्छ…’ बोलको गीतमा पूणिर्माले स्वर दिएकी छिन् ।
संगीतकार लामिछानेले अर्की भारतीय गायिका साधना सरगमलाई सोही गीत गाउन लगाएका छन् । गीतको संगीत भने फरक शैलीको छ । दुबै गीतको रेकडिङ मुम्बईमा भएपनि म्युजिक भिडियो नेपालमै निर्माण गरिएको छ ।
शिब बिकको निर्देशनमा तयार भएका म्युजिक भिडियोमा नेपाली नायिका आशिष्मा नकर्मी र नम्रता सापकोटाले मोडलिङ गरेका छन् । संगीतकार लामिछाने चलचित्र ‘किन लाग्छ माया’ का नायक हुन् ।
पूणिर्माले तीज गीत गाएको यो नै पहिलो पटक होईन । स्व. प्रकाश थापा निर्देशित चलचित्र ‘कन्यादान’ का लागि उनले २३ वर्ष अघि ‘तीजको लहर आयो बरिलै…’ बोलको गीत गाएकी थिईन् । जुन गीत अहिले पनि रेडियो र टेलिभिजनमा बज्ने गर्दछ र त्यही गीत नै नेपाली तीज गीतको संकेत गीतजस्तै बनिसकेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar