प्रदिप राई/मलेसिया :- मलेसियामा एक युवाले आत्पहत्या गरेका छन् । मलेसियाको जोहोर बारु तेबराउमा कार्यरत नवलपरासी बर्दघातका भोज नारायण चौधरीले आत्महत्या गरेका हुन् । चौधरीले बिहिबार बिहान् आफैले होस्टेलको तीन तला माथीबाट हाम फालेर आत्मा हत्या गरेका हुन् ।
चौधरीले के कारण आत्महत्या गरे भन्ने बारे खुल्न सकेको छैन । मलेसियास्थित उनीसंगै होस्टेलमा बस्ने नेपालीहरुले चौधरीले पारिवारिक समस्यामा परी आत्महत्या गरेको हुनसक्ने बताएका छन् । होस्टेलमा बस्दै आएका अरु साथीहरु संग चौधरीको कुनै झगडा तथा रिसिवी नभएको उनीहरुले बताए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !