Headlines News :
>
Home » » हिलो खाएर बाचीरहेका छन् बेपत्ता मलेसियन बिमानका यात्रुहरु

हिलो खाएर बाचीरहेका छन् बेपत्ता मलेसियन बिमानका यात्रुहरु

Written By Unknown on Friday, 15 August 2014 | 20:25

गत मार्च ८ तारिखमा बेपत्ता भएको मलेसियन एयरलाइन्सको एमएच३७० बिमान,अज्ञात आतङ्कवादीहरूद्वारा अपहरण गरी अफगानिस्तानमा लुकाई राखिएको एक रुसी समाचार पत्रले दाबी गरेको छ |
Malaysia-3269904
चालक दलका १२ सदस्य सहित २३९ यात्रु लिएर मलेसियाको राजधानी क्वालालम्पुरबाट चिनको राजधानी बेइजिंगका लागि उडेको बिमानमा सवार सबै यात्रु सकुशल रहेको रसियन समाचार पत्र Moskovsky Komsomolets लाई उदृत गर्दै बेलायती पत्रिका mirror ले लेखेको छ |
उसले बिमान चालकको केहि पनि दोष नभएको समेत दाबी गरेको छ | बेपत्ता विमान अफगानिस्तानको कन्दर जुन क्षेत्रमा रहेको दाबी गरिएको छ जुन क्षेत्र पाकिस्तानको सिमाना नजिकैको क्षेत्र हो | समाचारपत्रका अनुसार वेपत्ता विमान अज्ञात आतंकवादीले अपहरण गरेका छन् र पाइलटलाई विमान अवतरण गराउने निर्देशन दिने व्यक्तिको नाम समेत थाहा छ । उनको नाम हिच हो । उक्त विमान पहाडी क्षेत्र नजिकै रहेको छ । जवर्जस्ती अवतरण गरिएका कारण सो विमानको एउटा पंखा टुटेको छ ।
malesiya
Moskovsky Komsomolets को दाबी अनुसार यात्रुहरुलाई विभिन्न सात समूहमा बिभाजन गरेर राखिएको छ,जसले हिलो खाएर बाची राखेका छन् |तर अहिलेसम्म यो समाचारलाई मलेसिया र चिनले पुष्टि गरिसकेको छैन |
गत शुक्रबार , अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले बेपत्ता एमएच३७० बिमानको खोजी कार्यको क्रममा प्राप्त भएको संकेत सोही विमानको ‘ब्लैक बक्स’ बाट आएको बताएका थिए |
स्मरणीय के छ भने सो विमानमा अधितम यात्रु चिनीया थिए र उनीहरुले मलेसियाबाट आफूहरुले व्यवसाय गरी कमाएको अर्बौै डलर चीन लैजाँदै थिए । सो विमान रुपैयाँकै लागि अपहरण गरिएको आशंका पनि विज्ञहरुको छ ।
किनभने, विमान दुर्घटनामा परेको भए कुनै न कुनै सुराक अवश्य भेटिन्थ्यो तर अपहरणमा परेका कारण यसको ब्याट्री चार्ज नभएका कारण अब कुनै सिंग्नल विमानले दिन सक्दैन ।
- See more at: http://www.nepaljapan.com/2014/04/15/103707/#sthash.gcZQ4fAu.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar