Headlines News :
>
Home » » मिडिया केही नबुझी आफू विरुद्ध खनिएको खुस्बुको आरोप

मिडिया केही नबुझी आफू विरुद्ध खनिएको खुस्बुको आरोप

Written By Unknown on Wednesday, 20 August 2014 | 17:13

प्रहरी कारवाहीमा मारिएका भनिएका डन दिनेश अधिकारी ‘चरी’कि प्रेमिका खुस्बु ओलीले मिडिया केही पनि नबुझी आफू विरुद्ध खनिएको आरोप लगाएकी छिन ।उनको पूर्व प्रेमि अर्पण कोइरालाले आफ्नो सात करोड रुपमा खाएको भनि गरेको प्रचार विरुद्ध आफै पत्रकार सम्मेलन आयोजना गरेर उनले अर्पणले मिडियाबाजी गरेका कुरा सबै बनावटी भएको दावी गरिन ।

उनले भनिन–अपर्णको काठमाडौमा तीन वटा घर नै थिएन । बिजुली बजारमा भएको घर बालकोटमा बनाउँछु भनेर बेचेको तर अन्तिममा सबै पैसा पोखराको ग्राण्ड क्यासिनोमा सक्यो । पछि मैले नै थप पैसा बुझाएर त्यहाँबाट छुटाएर ल्याएको हु । ओलीले आफू लामो समयदेखि भारतमा परिवारको उपचारमा भएको भन्दै मिडियाबाजी गरिरहेका अर्पण २१ दिन पहिले फर्पिङमा नै रहेको दावी गर्दै आफूले यसको प्रमाण समेत आवश्यक पर्दा पेश गर्ने बताईन ।

उनले आफू बुबाले जग्गा बेचेर सन् २००९ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढ्न गएको र अर्पण कोइराला २०११ मा मात्र गएकोले उनको लगानीमा आफूले पढेको भन्ने कुरा वाईहात भएको दावी गर्दै बुबाले बेचेको जग्गा र आफूले तिरेको कलेज फि हेर्दा सबै कुरा प्रष्ट हुने बताईन । उनले भनिन–म निक ईन्स्टीच्यूटबाट बेलायत गएको हु । त्यहाँका सञ्चालक सुरज राजभण्डारीसँग बुझे पनि हुन्छ ।

ओलीले अर्पणसँग आफ्नो प्रेमसम्बन्ध भए पनि सन् २०११ बाट पूर्ण रुपमा टुटेको स्पष्ट पार्दै पछि लाख प्रयास गर्दा पनि गलत आदत नछाडेपछि सम्बन्ध टुटेको बताईन । उनका अनुसार आफू मिस टिन भएपछि नार्कोन नेपालले गरेको कार्यक्रममा अथिति हुँदा त्यहाँ उपचार गराईरहेका अर्पणसँग चिनजान भएको र पछि केही गर्छ भन्ने विश्वासमा सम्बन्ध बनेको हो ।

उनले भनिन–अर्पणलाई मैले भारत नयाँ दिल्लीको साईक्रयाटिक एण्ड रिहाविलिटेसन सेन्टरमा उपचार गराएको हु । उ अफिम जस्ता लागु पदार्थको आदी थियो । तर पनि उ सुध्रेन नेपाल आए पछि पनि उस्तै पैसा उठाउँदै हिड्न थाल्यो त्यसपछि हाम्रो सम्बन्ध टुट्यो ।

ओलीले थपिन्–मैले उसलाई बुढानिलकण्ठको घरमा चार जना केटीहरुसंग नघ्न अवस्थामा प्रत्यक्ष भेटेपछि उसलाई छाडेको हुँ । जीवनमा व्यापार घाटा नाफा भनेको त भैहाल्छ तर उसको चरित्र नै खराब भएर मैले छाडेको थिएँ । उसले मेरो बुवासंघ लिएको पैसा पनि तिर्न सकेको छैन् । उसले दिएको चेक बाउन्स भएको छ।कार्यक्रममा ओलीले अर्पणले असराफ खानलाई सम्बोधन गरेर इब्राहिम दाउदलाई पनि ईमेल लेखेको भन्दै इमेलको स्क्यान कपी पत्रकारहरुलाई देखाएकी थिईन्।

अर्पणसँग सम्बन्ध टुटेको छ महिनापछि दिनेश अधिकारीसँग आफ्नो चिनजान भएको र सम्बन्ध बढ्दै गएको भन्दै आफूसँग सम्बन्ध हुँदा अधिकारीको नाममा कुनै उजुरी नभएको समेत प्रष्ट पारिन । उनले अधिकारीको सालिनताबाट आफू प्रभावित भएको र उसको प्रेम प्रस्ताव स्विकारेको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारिन ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar