Headlines News :
>
Home » » ‘विद्यालय भवनमा रहेका शरणार्थीको हत्या गरिनु बर्बरताको प्रतीक’

‘विद्यालय भवनमा रहेका शरणार्थीको हत्या गरिनु बर्बरताको प्रतीक’

Written By Unknown on Thursday, 31 July 2014 | 03:50

काठमाडौं, श्रावण १५ । गाजामा संयुक्त राष्ट्रसंघले शरणार्थीहरुका लागि चलाइरहेको विद्यालय भवनमै इजरायलले आक्रमण गरेकोमा विश्वव्यापी आलोचना भएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिकालगायतले विद्यालयमा गरिएको आक्रमण निकै नै निन्दनीय भन्दै आलोचना गरेका छन् ।

हमास र इजरायलको आक्रमणको चपेटाबाट सुरक्षित हुन विद्यालयमा शरण लिइरहेका निहत्था सर्वसधारणमाथि

आक्रमण हुन थालेपछि राष्ट्रसंघ र अमेरिकाले इजरायली कदमको आलोचना गरेका हुन् ।

राष्ट्रसंघका महासचिव बान कि मुनले विद्यालयमा शरण लिइरहेका १७ जनाको हत्या गरिनु बर्बरताको प्रतीक भएको टिप्पणी गरेका छन् ।

इजरायली सैनिकको कारबाहीमा थप १ सय ६ प्यालेष्टायनी सर्वसाधारण मारिएका छन् । सर्वसाधारण किनमेलमा ब्यस्त भएकै बैला गरिएको आक्रमणमा सयौं घाइते भएका छन् ।

शरणार्थी शिविरहरुमा गरिएका आक्रमण कुनै हालतमा स्वीकार्य हुनै नसक्ने भन्दै महासचिव बानले घटनाको छानबिन गरी कानुनी कठघरामा ल्याइनुपर्ने उल्लेख गरेका छन् ।

अमेरिकन राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ताले युद्धबाट प्रताडित भएकाहरु शरण लिएको स्थानलाई निशाना बनाउनु भत्र्सनायोग्य भएको उल्लेख गरेका छन् ।

तीन इजरायली युवालाई पक्रेको निहुँबाट गाजापट्टीमा सल्केको युद्धको आगोले अहिलेसम्म झन्डै १४ सय निहत्था प्यालेष्टायनीको ज्यान लिइसकेको छ ।

इजरायलतर्फ पनि मारिनेको सैनिकको संख्या ५६ पुगेको छ । हजारौं घाइते भएका छन् भने लाखौंलाख प्यालेष्टायनी सर्वसाधारण घर छाडेर शरणका लागि भागेका छन् । (एजेन्सी)
- See more at: http://imagekhabar.com/samachar/detail/40128/28/.shtml#sthash.tEVnm9n9.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar