महाशाखाका तथ्याङ्क अधिकृत डा वीरबहादुर रावलले एचआइभी-एड्सबाट सङ्क्रमित हुनेमा आधाभन्दा बढी वैदेशिक रोजगारबाट फर्केका व्यक्ति तथा उनीहरुका श्रीमती रहेको जानकारी दिए ।
बढ्दो क्रममा फस्टाएको यौन व्यापार, सुइको प्रयोगबाट गरिने लागुपदार्थ सेवन तथा सङ्क्रमित आमाबाट जन्मिएका केही बालबालिका समेत एचआइभी-एड्सबाट सङ्क्रमित हुने गरेको डा रावलले बताए ।
सरकारले एड्सको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम तथा समाजमा सङ्क्रमित भई औषधि खाने गरेका प्रभावितलाई उनीहरूको जीविकोपार्जनमा सहयोग पु¥याउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एड्सको सङ्क्रमण निको पार्न अहिलेसम्म औषधि पत्ता लागेको छैन तर यसका सङ्क्रमितलाई ‘एन्टी रेक्टो भाइरल’ नामको औषधि दिइँदै आएको छ । उक्त औषधिले सङ्क्रमित व्यक्तिको आयु लम्बाउने र अन्य रोगको सङ्क्रमणबाट बचाउने गर्दछ ।
महाशाखाको तथ्याङ्कअनुसार काठमाडौँ, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, रुपन्देही, स्याङ्जालगाएतका जिल्लामा सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । रासस


0 comments:
Speak up your mind
Tell us what you're thinking... !