Headlines News :
>
Home » » दैव दाहिना

दैव दाहिना

Written By Unknown on Wednesday, 30 July 2014 | 17:16

priyanka
काठमाडौ, श्रावण १४ - लाग्छ, पि्रयंका चोपडाका दिन फिरेका छन्। केही फिल्मको असफलताकै बीचमा यी बलिउड अभिनेत्री गायनतिर ढल्केकी थिइन् र उनका आलोचकहरूले त्यसलाई आफैंलाई सान्त्वना दिने उपायका रूपमा बुझेका थिए।
भाग्यवश, उनका गीतहरू चले र अहिले पछिल्लो फिल्मले पनि उनको मुहारमा हाँसो फर्काइदिएको छ।
पि्रयंकाको पछिल्लो फिल्म 'म्यारी कोम' प्रदर्शनमा त आएको छैन, तर ट्रेलरले नै लाखौं फ्यानहरूको मन जितिसकेको छ। उनको कामको प्रशंसामा धेरै फिल्मकर्मी अगाडि आइसकेका छन्। तिनमै थपिएका छन् निर्माता/निर्देशक सञ्जय लीला भन्साली पनि। उनले पि्रयंकाको तुलना हलिउड अभिनेत्री हिलारी स्वांकसँग गरेका छन्। 'म्यारी कोम' यही नामकी भारतीय बक्सरको जीवनीमा आधारित फिल्म हो र हिलारीले पनि 'मिलियन डलर बेबी' मा त्यस्तै कथालाई पर्दामा उतारेकी थिइन्। त्यो बायो पिकले हिलारीलाई प्रतिष्ठित अवार्डहरू दिलाएको थियो।

"म्यारी कोम' को चरित्रलाई पि्रयंका छोडी अरू कुनै पनि अभिनेत्रीले न्याय गर्न सक्दैनथे," सञ्जयले भनेका छन्, 'पि्रयंका एटम बम हुन्। कामप्रति उनको समर्पण, लगन र प्रतिबद्धता प्रशंसनीय छ। हलिउडसँग हिलारी स्वांक छिन् भने बलिउडसँग पि्रयंका चोपडा।'
हुन त सञ्जय 'म्यारी कोम' का निर्मातामध्येका हुन् र आफ्नो फिल्मकी अभिनेत्रीलाई कामका लागि स्याबासी दिनु अस्वाभाविक होइन। तर यो तारिफ अन्यथा होइन र पि्रयंकाका दैव दाहिना भएकै हुन् भन्ने कुरो उनलाई अर्को बायो पिकको अफर आउनुले पुष्टि हुन्छ। भारतकी विख्यात साहित्यकार अमृता पि्रतमबारे बन्न लागेको 'गुस्ताखियाँ' मा उनी नै फिमेल लिडमा हुने गाइँगुइँ छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar