पूर्वयुवराज पारस शाह नेपाल फर्कने तयारीमा रहेको हल्ला चलिरहेका बेला उनको पछिल्ला तस्वीरहरु सामाजिक सञ्चालमार्फत् सार्वजनिक भएका छन् । एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले आफ्नो फेसबुकमा शाहसहितको तस्वीर सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको तस्वीरमा पारस दुब्लाएको देखिएको छ भने कपाल निकै लामो देखिएको छ ।
पारसले सोमबार (हिजो) थाइल्याण्डको बैंककस्थित शिव मन्दिरमा पुगेर जल चढाएको अधिकारीले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । यस्तै, पारसले ‘नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित प्रार्थना’ गरेको पनि अधिकारीको फेसबुकमा उल्लेख छ ।
केही समयअघि थाइल्याण्डमा गाँजासहित पक्राउ परेपछि उनी नेपाल आउने हल्लाले तीव्रता पाएको छ । यद्यपि, नेपाल फर्कने दिनका बारेमा भने केही सार्वजनिक भइसकेको छैन ।

सुमन अधिकारीको फेसबुकबाट साभार गरिएका तस्वीरहरु ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !