Headlines News :
>
Home » » झापाली समाजको प्रथम ऐतीहासिक च्यारिटी शो भब्य रुपमा सम्पन्न

झापाली समाजको प्रथम ऐतीहासिक च्यारिटी शो भब्य रुपमा सम्पन्न

Written By Unknown on Wednesday, 30 July 2014 | 16:38

धुर्मुस, सुन्तली र बान्द्रे हसाउन, प्रमोद, तृप्ति र केपी नचाउन सफल
प्रदिप नेपाली 
जुलाई ३०, कुवेत 


कुवेतमा क्रियाशील झापाली समाज कुवेतले झापा जिल्लामा एम्बुलेन्स र शब बाहन खरीद सहयोगार्थका लागी आज जुलाई ३० मा गरेको प्रथम च्यारिटी शो अन्तर्गत गरेको बृहत् सांगीतिक कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएको छ |
    
बहु चर्चित टेली शृंखला मेरी बासैका हास्य जोडी कलाकारहरु धुर्मुस, सुन्तली र अर्का कलाकार बान्द्रेको साथमा आधुनिक युबा पुस्ताका चर्चित गायक प्रमोद खरेल, कुवेतमा स्थानीय झापाली गायक केपी सिटौला अनी गायिका तथा न्रित्यङना तृप्ति खड्काको जोडदार प्रस्तुतिमा जिलिपको वैडिंग हलमा प्रथम च्यारिटी शो सम्पन्न भएको हो |
पूर्व घोषित कार्यक्रम अनुसार गर्ने भनिएको च्यारिटी शो आज जुलाई ३० तारिक नेपालका चर्चित ५ कलाकारका साथमा र साथमा स्थानीय गायक मध्य धुर्मुस, सुन्तली र बान्द्रे हसाउने, प्रमोद, तृप्ति र केपी नचाउन सफल हुदै उपस्थित दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए |  
 

दुई स्थानमा २ शो सांगितिक कार्यक्रम अन्तर्गत गरिएको आजको कार्यक्रम अति नै शान्त, खुसियालीर मनोरंजनात्मक वाताबरणमा सम्पन्न भएको थियो प्रथम प्रस्तुतिलाई मर्यादित रुपमा सफल पार्न झापाली समाजले मदिरा लगायतका लागु पदार्थ सेवन गरी आउने निषेधित बस्तु हात हतियार लीई आउने जो कोहीलाई पनी प्रबेश निषेध गरेको थियो भने कुवेतमा रहेको नव प्रतिभा युबा क्लब कुवेतका युबाहरुले  सुरक्षाका सम्पुर्ण जिम्मेवारी तदारुक्तका साथ हेरेकोले कार्यक्रम अझ सभ्य मानिएको थियो | यसै सन्दर्भमा झापाली समाजका संरक्षक तथा कार्यक्रमका सभापति कुमार झापाली अति नै खुसी मुद्रामा भन्दै यो कार्यक्रम झापाली समाजको भएपनी यसमा सम्पुर्ण नेपालीले साथ दिएकोमा सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनी यस्तै सहयोगको अपेक्षा गर्नु हुन्छ सोही भब्य कार्यक्रमको हलमा स्वर्गीय पिता पध्मालाल संग्रौला प्रति समर्पित बाबुको नाममा शब बाहन तथा एम्बुलेन्स खरिदको लागी प्रभु बिकास बैंकको नाममा रहेको नेपाली रुपिया तिन लाख (३००००१) को चेक झापाली समाजका अध्यक्ष आई पि भट्टाराईको हातमा हस्तान्तरण गरेका थिए भने शो रुपिया कुमार झापालीले झापाली समाजको अधिबेसनको समयमा घोषणा गर्नु भएको थियो |
कार्यक्रममा अबधिभर अथिति र अन्य सहयोगी बाहेक कार्यक्रम स्थालमै टिकट काटेर लगभग ७०० भन्दा माथि दर्शकहरु हलभित्र प्रबेश गरेका थिए त्यसै गरी पत्रकारहरुको हकमा अनिबार्य आफ्नो प्रेस कार्डको ब्यबस्था थियो |
 

प्रमोद खरेल र गायिका तथा न्रित्यङना तृप्ति खड्काले परदेशी खबरबाट सम्पुर्ण कुवेतबासी नेपालीको माया, ममता र साथ दिएकोमा सबैलाई धन्यवाद दिनुभएको छ स्वागत लगायत सम्पुर्ण सम्मान कुवेतमा रहेको बताएका छन |  
निर्धारित समय भन्दा १ घन्टा ढिलो अर्थात दिनको २ बजेबाट दिप प्रजोलन गरी सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबास कुवेतका कार्यबाहक राजदुत बिशाल भट्टाराई, बिशेष अतिथि दुताबासका द्दित्तीय सचिब अम्बिका जोशी, श्रम सहचारी श्रीजना तिवारी, एनआरएनए कुवेतका अध्यक्ष धर्मराज गिरी, एनआरएन आईसिसी कोर्डिनेटर सुजन केसी लगायत कुवेतमा स्थापित र क्रियाशील सम्पुर्ण संघ संस्थाका प्रतिनिधि लगायत कुवेतमा रहेका नेपालीको बाक्लो उपस्थिति रहेको थियो |    
दोश्रो शो तथा कार्यक्रमको थप जानकारी र टिकटको लागी
कार्यक्रममा प्रबेशका लागि ३ कुवेती दिनारको टिकट तोकिएको छ भने टिकटका लागि कुमार झापाली -९९४५१३१४, आई पी भट्टराई – ९७११६९१६, कासी लामा- ६६४२८६६०, रामजी अधिकारी- ९९१६२७१२, र राजु धिमाल- ६७७७४६५३ मा सम्पर्क गर्न सक्नु हुनेछ।
मिती- अगष्ट-१ तारिख   
स्थान- कुवेतको मंगाफ़ स्थित क्याम्ब्रिज स्कुल (सुल्तान सेन्टर अगाडि)
समय:-दिनको १:०० बजे

नोट- झापाली समाज कुवेतले आगामी दिनमा पनी कुवेतमा रहेका सम्पुर्ण नेपालीको आर्थिक, भौतिक र नैतिक कुनै पनी सहयोगलाई सहर्ष स्वीकार गर्ने छ |

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar