रुसले हतियार सम्झौता उल्लंघन गरेको अमेरिकाको आरोप
काठमाडौं, श्रावण १३ । अमेरिकाले रुसमाथि हतियार नियन्त्रण सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । रुसले हालै जमिनबाट जमिनमा मार हान्न सक्ने मिसाइलको परीक्षण गरेपछि अमेरिकाले रुसमाथि हतियार नियन्त्रण सम्झौता उल्लंघन गरेको आरोप लगाएको हो ।
अमेरिका र रुसबीच सन् १९८७ मा परमाणु सम्झौता भएको थियो । सम्झौताअनु्सार दुबै राष्ट्रमा ४ सय ८० किलोमिटर
र ५ हजार ४ सय ७० किलोमिटर क्षमताको ‘बैलेस्टिक’ र ‘क्रुज’ मिसाइलमा प्रतिबन्ध थियो । तर, अमेरिकाले रुसले सम्झौता विपरित मिसाइल परीक्षण गरेको आरोप लगाएको छ ।
मिसाइल परीक्षणप्रति आपत्ति जनाउँदै अमेरिकाले रुसलाई पत्र पठाएर सचेत बनाएको छ । पत्रमा रुसले मिसाइल परीक्षणको घटनालाईलाई गम्भीरतापूर्वक नलिए यसको परिणाम नराम्रो हुने चेतावनी समेत दिइएको छ ।
रुसले भने मिसाइल परीक्षणप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !