Headlines News :
>
Home » » लिबियाको विमानस्थलमा रकेट आक्रमण

लिबियाको विमानस्थलमा रकेट आक्रमण

Written By Unknown on Tuesday, 15 July 2014 | 03:09

काठमाडौं, आषाढ ३१ । लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरिएपछि सबै उडान रद्द गरिएका छन् । राजधानी ट्रिपोलीस्थित विमानस्थलमा गरिएको रकेट आक्रमणमा एकजना मारिनुका साथै १२ ओटा हवाईजहाजमा क्षति पुगेको छ ।

यसअघि लिबियाको बेन्घाजीस्थित विमानस्थलमा विद्रोहीले आक्रमण गर्दा दुई वर्षदेखि बन्द रहेको छ । यो आक्रमणले हवाई सेवा सञ्चालनमै
असर पर्ने जनाइएको छ ।

रकेट आक्रमणलगत्तै लिबिया सरकारले सुरक्षाका लागि अन्तर्राष्ट्रिय संस्थाहरुलाई गुहारेको छ । सन् २०११ मा लिबियाका शासक मुआम्मर गद्दाफी मारिएपनि त्यहाँ संघर्ष भने जारी छ । (एजेन्सी) 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar