Headlines News :
>
Home » , » कट्रिना ३० पूरा

कट्रिना ३० पूरा

Written By Unknown on Wednesday, 16 July 2014 | 22:25

katrina
काठमाडौ, श्रावण १ - बलिउड अभिनेत्री कट्रिना कैफ बुधबार ३० वर्ष पूरा भएकी छन् । बर्थ डे मनाउन उनी केही दिन अगाडि नै युरोपतिर उडिसकेकी छन् । फ्रान्सको कोर्सिका आइल्यान्डमा, जहाँ उनका ब्वाइफ्रेन्ड रणवीर कपुर फिल्म सुटिङका लागि केही दिनदेखि छन् ।
कोर्सिकामा रणवीर एक्लै थिएनन् । उनकी एक्स दीपिका पनि त्यहीँ छन् । इम्तियाज अली निर्देशित फिल्ममा दुवै मुख्य भूमिकामा छन् । कट्रिनाको आगमनको संकेत पाएर हुन सक्छ या आफ्ना एक्सलाई खुसी पार्न, दीपिकाले ट्वीटरमा पनि कट्रिनालाई विस गरेकी छन् । आखिर दुवै प्रोफेसनल जो परे ।
एघार वर्षको अभिनय यात्रामा कट्रिनाले आफूलाई पाइला-पाइलामा प्रमाणित गर्दै आएकी छन् । उनको बलिउड इनिङको सुरुआत कहालीलाग्दो गरी भएको थियो ।
सन् २००३ को 'बुम' बाट उनलाई एक रत्ती फाइदा भएन । अरू भएका भए त्यो असफलताबाट तर्सेर भागिसक्थे । तर कट्रिनाले हिम्मत हारिनन् र मिहिनेत गर्दै गइन् । दक्षिण भारतीय फिल्महरूमा नाम कमाउन थालेपछि २००५ मा उनी सलमान खानको क्याम्पमा सामेल हुन सफल भइन् । 'मैंने प्यार क्यूँ किया' ले सलमानलाई मात्रै सफलता दिलाएर, कट्रिनाको अभिनय डुंगालाई पनि ढलपल हुनबाट जोगाइदियो । त्यही फिल्मले दुवैलाई प्रेम पासोमा पारिदियो ।

सलमानसँगको सम्बन्धले कट्रिनालाई झन् फाइदा दिँदै गयो । हुँदाहुँदा उनले चल्तीका बलिउड अभिनेत्रीहरूमा आफूलाई उभ्याएरै छाडिन् । बलिउडका एक से एक नायकहरूको अपोजिटमा उनी देखिइसकेकी छन् । रणवीरसँगको सम्बन्धले पनि उनलाई धेरै अप्ठयाराबाट पार लगाउने निश्चितै छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar