Headlines News :
>
Home » , » विश्वकप फुटबलमा धुम मच्चाइन साकिराले

विश्वकप फुटबलमा धुम मच्चाइन साकिराले

Written By Unknown on Sunday, 13 July 2014 | 23:26

काठमाडौं, आषाढ ३० । विश्वकप फुटबल २०१४ को फाइनल खेल सकिने पूर्वसन्ध्यामा ब्राजिलको रियो दि जेनिरीयोमा रहेको माराकान रंगशाला संगीतमय भयो । चर्चित कोलम्बियन गायिका साकिराले सिङ्गो रंगशाला गुञ्जायमान पारिन ।
विश्वकप फुटबलकै लागि भनेर तयार पारेको ‘ला ला ला’ बोलको गीतका साथमा साकिराले अघिल्लो विश्वकपमा पनि‘वाका वाका’ बोलको गीतले विश्व गुञ्जाएकी थिइन । वार्सिलोनामा अनुबन्धित भएका स्पेनिश डिफेन्डर जेरार्ड पिक्केकी प्रेमिका समेत रहेकी साकिरा फुटबलकी क्रेजी हुन् ।
आइतबार राती फाइनल खेल सुरु हुनु करिब आधाघण्टा अघिदेखि नै माराकाना परिसरमा साकिरा लगायतको टिमले संगतमय बनाएको थियो । साकिराका साथमा मेक्सिकन गिटारिष्ट सान्टाना, ब्राजिलका ग्रामी अवार्ड गायक लभेट सांग्लो साथै साम्बा नृत्यले हजारौं दर्शकले मनोरञ्जन लिएका थिए । फाइनल खेलकै अवसरमा विभिन्न रमाइला खेलहरु पनि देखाइयो । ब्राजिलको संस्कृती झल्काउने नृत्यहरु प्नि प्रस्तुत गरिएको थियो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar