काठमाडौं, आषाढ २८ । नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाले ब्लड क्यान्सर पीडित ११ वर्षीय भुवन घर्तीमगरका लागि आर्थिक संकलन सुरु गरेको छ ।
सउलमा बसेको जनसम्पर्क समिति कोरियाको पदाधिकारी लगायत अन्य सदस्यहरुको बैठकले रोल्पा जिल्ला रंग्गसी वडा नं ३ रिमुल घर भएका पिता खड्गबहादुर घर्तीमगरका ११ वर्षीय छोरा भुवनलाई
ब्लड क्यान्सर भएर अस्पताल भर्ना भइ अत्यन्तै महँगो उपचार गराइरहेको जानकारीमा आएपछि उनको जीवनरक्षाका लागि जनसम्पर्क समितिले देश-विदेशमा रहेका नेपाली समुदायसँग आर्थिक संकलन अभियान चलाउने निर्णय गरेको समितिका सभापति नवराज शिवाकोटीले जानकारी दिए ।
समितिले विश्वभरी रहेका जनसम्पर्क समितिसँग सहकार्य गर्दै आर्थिक संकलनको कार्यलाई तीव्रता दिने सभापति शिवाकोटीको भनाइ छ । कोरियामा सहयोग संकलनका लागि केन्द्रीय सदस्य खड्गबहादुर डाँगीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको हो । बैठकमा दक्षिण कोरियामा रहँदै आएका सम्पुर्ण नेपाली तथा अन्य सहयोग गर्न इच्छुक हातहरुलाई समेत सहयोगका लागि अनुरोध गरिएको छ ।
सहयोगका लागि संयोजक खड्गबहादुर डाँगीको सम्पर्क नम्वर ०१०२५१३०५९२ अथवा उरी बैंकको खाता नम्वर १००२४५०२२२०४८ तथा नेपालबाट सहयोग गर्न चाहनेहरुले नीजको आमा मनिषा घर्तीमगरको नाममा रहेको नेपाल बैंक लिमिटेड थानकोट शाखाको खाता नम्वर १४३००००१०४६३१ मा रकम जम्मा गर्न सकिने समितिले जनाएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !